काठमाडौं । कतारमा कार्यरत श्रमिकले भोगिरहको समस्या र समाधानका उपायका बारेमा गैरआवासीय नेपाली संघ कतार, राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा गहन छलफल भएको छ ।
विज्ञप्ति
गैरआवासीय नेपाली संघ कतार, राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा आइतबार साँझ कतारमा स्थापीत संघ संस्थाको प्रमुख एवं प्रतिनिधी र समाजका अग्रज अभियान्ता ज्यूहरु तथा पत्रकार मित्रहरुको उपस्थीतिमा एउट महत्वपुर्ण बैठक सम्पन्न भएको छ ।
खास गरेर पछिल्लो समय कतारमा कार्यरत श्रमिकले भोगीरहनु परेको समस्या र समाधानका उपायका बारेमा गहन छलफल भयो । छलफलका क्रममा मुख्यतया Embassy of Nepal, Doha, State of Qatar बाट हुदै आएका सेवा प्रवाहका बारेका आम गुनासा र प्रश्न बढि सुनीए । जसमा पछिल्लो समय पासपोर्ट रिन्यु गर्दा स्लट नपाएर भोगीरहेको समस्या प्रमुख थियो । त्यसबाहेक पनि श्रमिक डेस्क स्थापना गर्ने, बिभिन्न सिफारिस वापत लिईने शुल्क लगाएत समसामयीक धेरै विषयमा खुलेर छलफल भएको छ ।
छलफल बाट उजागर भएका समस्या समाधानको लागि दुतावास तथा नेपाल सरकारले गरिदिनुपर्ने काम बारे पनि छलफल गरेका छौ । साथै एनसीसी कतार र यहाँ रहेका संस्थाले समस्या सहिजकरणको लागी आफ्नो तर्फबाट खेल्न सक्ने भुमिकामा गर्नुभएको प्रतिवद्द्ताले छिट्टै आम श्रमिकको पक्षमा सकारात्मक रिजल्ट दिन सकिनेछ भन्ने विश्वास बढेको छ ।
उत्साहजनक सहभागीता र महत्वपुर्ण सुझावको लागि सबैमा हार्दिक अभार ।
सन्तोष क्षत्री
सचिव




