मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

अतिथि कलाकार रिता थापासहित दोहामा रमाइलो तीज कार्यक्रम हुने

बिहिबार, साउन ३१ २०८१

काठमाडौं(जस)–नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा सचेतना कार्यक्रम सहित शुभकामना आदानप्रदान तथा बिबिध सांस्कृतिक कार्यक्रम दोहामा हुने भएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको महिला बिभाग र नेपाली महिला समाज कतारको समन्वयमा कतारमा स्थापित बिभिन्न संघ–संस्थाहरुको संयुक्त आयोजनामा, रमाईलो तिज कार्यक्रम सचेतना तथा विविध साँस्कृतिक कार्यक्रम, आगामी ३० अगष्ट २०२४, शुक्रबार ट्यूनिसियन स्कुल, अल लक्तामा हुन लागेको हो ।
कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायीका, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रिय अध्यक्षरिता थापा मगरसहितका कलाकार हरुको बेजोड साङ्गितिक प्रस्तुति रहने एनसीसी कतारका महासचिव रबिन मगरले जानकारी गराए । बिगतका बर्ष हरुमा जस्तै नेपाली महिला दिदिबहिनी हरुलाई भौतिक रुपमा उपस्थिति गराएर रातो साडी,चुरा पोतेमा सजिदै प्रवासमा समेत दर खुवाउने र छ्मछमी नाच्ने अवसर जुटाई प्रवासी नारिहरुलाई माइत घरको तृष्णा मेटाउने तीज कार्यक्रमको आयोजना गर्न लागीरहेको नेपाली महिला समाज कतारकि अध्यक्ष माया केसी बताउँछिन ! कार्यक्रममा कतारमा स्थापित संघ–संस्था तथा महिला प्रतिनिधिहरु, सामाजिक अभियान्ताहरु, पत्रकार एवम् कतारबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा उक्त कार्यक्रममा गरिमामय सहभागिताको लागि “रमाइलो तीज“ कार्यक्रमका आयोजक संस्था हरुले अनुरोध गरेका छ्न ।

प्रतिक्रिया
सम्बन्धित समाचार