सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एमालेमा मनोनीतहरुले लिए शपथ, संविधान संशोधन अग्रगमन र समृद्धिका लागि : प्रधानमन्त्री

सोमबार, साउन २१ २०८१

काठमाडौं(जस)–नेकपा एमालेको उपाध्यक्ष गुरु बराल र अन्य १६ मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्् । नेकपा (एमाले)ले हालै मनोनीत गरेका उपाध्यक्ष र केन्द्रीय सदस्यहरुको सपथ ग्रहणका लागि आइतबार पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा उपाध्यक्ष बराल, स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र लिला श्रेष्ठसहित केन्द्रीय सदस्यहरूलाई अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराएका हुन् ।
गत साउन १७ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट) जितेन्द्र देव (सुनसरी),रामपृत राम (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान) केदार सिग्देल (तनहुँ) र मनमोहन पौडेल (पर्वत) लाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
त्यसैगरी भरदेव जोशी (दार्चुला) ,हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर),सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) पनि एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका थिए । सचिवालय बैठकले पार्टीका नेताहरुको कार्यविभाजन समेत गरेको थियो ।
काष्र्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र नेकपा (एमाले) सहितको वर्तमान सत्ता समीकरणले अग्रमगन र समृद्धिका लागि संविधान संशोधन गराउने बताए् । प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजेको भन्ने भ्रम फैलाउने कोशिस भएको उल्लेख गर्दै मुलुक र जनताको आवश्यकताबमोजिम संविधान संशोधनीय दस्तावेज भएको बताए ।
“लोकतन्त्रलाई सुदृढ बनाउन, संविधानप्रतिको ग्राह्यता र स्वीकार्यता बढाउन, विकास र समृद्धिका थप आधार पहिल्याउन र जनतासँग एकाकार हुन संविधान संशोधन गर्ने हो”, प्रधानमन्त्री ओलीले भने, “संविधान कुनै धार्मिक ग्रन्थजस्तो असंशोधनीय विषय होइन । हामीले कुलै लहडका भरमा संविधान संशोधनको कुरा गरेका होइनौँ । मानवकेन्द्रित मुद्दालाई ध्यानमा राखेर हामी संविधान संशोधनको सोचमा छौँ ।” प्रधानमन्त्री ओलीले राजनीति स्वच्छ प्रतिस्पर्धाका आधारमा जनताका लागि हुनुुपर्ने र एमालेका नेता कार्यकर्ताले जनताप्रति नरम तथा जवाफदेही भएर काम गर्नुपर्नेमा जोड दिऐ । उनले वैचारिक र साङ्गठनिक रुपमा मुलुकको नेतृत्व गर्ने हकदार पार्टी पनि एमाले नै भएको स्पष्ट गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार