काठमाडौं(जस)–नेकपा एमालले तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको उपाध्यक्ष पदमा नयाँ मनोनयन गरेको छ । एमालेको बिहीबार बसेको सचिवालय बैठकले स्थायी कमिटिका सदस्य गुरु बराललाई मनोनयन गर्ने निर्णय गरेको छ । २०८० भदौमा पूर्वसभामुख समेत रहिसकेका नेम्वाङको हृदयघातक कारण निधन भएको थियो । त्यसयता रिक्त रहँदै आएको उक्त पदमा बिहीबार भने पूर्ति गर्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
एमालेमा बरालको मनोनयनसँगै उपाध्यक्ष संख्या ६ नै कायम भएको छ । एमालेमा उनीसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, र सुरेन्द्र पाण्डे उपाध्यक्ष छन् । यस्तै उपमहासचिव ३ जना, सचिव ७ जना रहेका छन् भने तीमध्ये सचिव टोपमबहादुर रायमाझी भने शरणार्थी प्रकरणमा निलम्बित अवस्था छन् । बिहीबारकै बैठकबाट नेकपा एमालेले सातवटै प्रदेशमा नयाँ इन्चार्जहरु पनि तोकेको छ । जसअनुसार उनले कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा डा.राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखनाथ भट्ट रहने गरि ईन्चार्ज तोकिएको पोखरेलले बताए ।
उनले भने,‘बैठकले कार्यविभाजनको काम गरेको छ । यसमा प्रदेश इन्चार्जहरु तोक्ने काम भएको छ । जसमा शेरधन राई, कोशी, लीलानाथ श्रेष्ठ मधेश, डा. राजन भट्टराई, बागमती, किरण गुरुङ, गण्डकी, पद्मा अर्याल, लुम्बिनी, गोरखबहादुर बोगटी, कर्णाली र लेखनाथ भट्ट, सुदूरपश्चिम प्रदेश गरि तोकिएको छ ।’ यस्तै बैठकले आन्दोलनका अग्रज नेता मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्यूरो सदस्य लिलानाथ श्रेष्ठ दुईजनालाई पार्टी स्थायी कमिटिको सदस्यमा मनोनयन गर्ने निर्णय भएको छ ।
यस्तै, सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामपृत राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) गरि १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय पनि भएको छ । त्यसैगरी एमालेले निर्वाचन आयोगमा अमनसिंह तामाङ (सिन्धुपाल्चोक), झवी पोखरेल (कपिलवस्तु, नर्मदा भण्डारी (गुल्मी, रत्ना गुरुङ (काठमाडौँ) कमला केसी (कैलाली) पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । यसैगरी मायानाथ अधिकारी अनुशासन आयोगको सदस्यमा मनोनीत भएका छन् ।
एमालेले सल्लाहकार परिषद् सदस्यमा पनि नेताहरूलाई मनोनयन गरेको छ । जसमा कुलानन्द गिरी (रोल्पा), महेन्द्र थापा (रोल्पा), पिएल श्रेष्ठ (तनहुँ), शिवचन्द्र कुशहवा (बारा), रामप्रित पासवान (सप्तरी), एकवाल मियाँ (कपिलवस्तु, डा. गोपाल खनाल (नवलपुर, खालित हुसेन हक (सुनसरी) मनोनीत भएका छन् । सोही पदम हरि रिजाल (प्युठान), प्रेमबहादुर सिंह (कालिकोट), कृष्णप्रसाद दाहाल (मकवानपुर), बिनु ढकाल (मोरङ), सानु श्रेष्ठ (बागमती) सिर्जना शर्मा (गण्डकी), प्रदीप भण्डारी (कोसी), अर्जुनबहादुर थापा (सुदूरपश्चिम), श्याम ढकाल (बर्दिया), नारायण मरासिनी (स्याङ्जा), धनेन्द्र घिमिरे (पाल्पा), नन्दलाल रोकाया (बाँके), जनक पौडेल (बागलुङ), मेघनाथ सुवेदी (पर्वत), नारायण मलासी (डोटी), सुवासचन्द्र ठकुरी (मकवानपुर) पनि मनोनीत भएका छन् ।
यस्तै शान्तकुमार ओली (रोल्पा), विना ज्ञवाली (बर्दिया), हरि पोखरेल (खोटाङ), कवीन्द्र शेखर रिमाल (काठमाडौँ), सर्वध्वाज सावा लिम्बु (सुनसरी), गणेशसिंह धामी (दार्चुला), नन्द केशर ढकाल (रुपन्देही), लक्ष्मी प्रसाद जोशी (डडेलधुरा), रामहरि सुवेदी (काभ्रे), सरस्वती पाटी (भक्तपुर) लगायतलाई परिषद् सदस्यमा मनोनीत गरिएको महासचिव पोखरेलले जानकारी दिए । यसैबीच नेकपा एमालेले युवा नेता महेश बर्तौलालाई एक महिनाकै बिचमा दुई महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । यसअघि बर्तौलालाई संसदीय जिम्मेवारी दिँदा एमालेले सचेतक हुँदै प्रमुख सचेतक बनाएको थियो ।
हाल उनी सत्तारुढ दलको तर्फबाट मुख्य सचेतक समेत रहेका छन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित बर्तौलाले नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता विरोध खतिवडालाई पराजित गरेका थिए । यस्तै सचिव योगेश भट्टराईले संसदीय विभाग प्रमुखको जिम्मेवारी पएका छन् । जिम्मेवारी पाएसँगै उनले संसदीय क्षेत्रमा रहेका नेताहरुको क्षमता अभिवृद्धि तथा संसदीय फाँटमा पार्टीको प्रभावकारी भूमिका र जनअपेक्षालाई संबोधन गर्न लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।