मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

इन्फिनिटी क्लबको उदघाटनको लागि गायक शिव परियार कतारमा,शुक्रवार प्रस्तुती

बिहिबार, साउन १७ २०८१

दोहा, इन्फिनिटी क्लबको उदघाटनमा सांगीतिक प्रस्तुति दिन गायक शिव परियार बुधवार कतार आएका छन । कतारमा क्लब व्यवसाय सफलतापूर्वक सञ्चालन गरिरहेका युवा व्यवसायी रमेश केसी र सन्दीप भट्टराईले मिलेर सञ्चालनमा ल्याउन लागेको “इन्फिनिटी क्लब”को शुक्रबार हुने समुद्घाटन कार्यक्रममा प्रस्तुति दिन परियार दोहा आईपुगेका हुन । बुधबार कतार आइपुगेका परियारलाई स्वागतका लागि हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा क्लब सञ्चालक रमेश केसी, कार्यक्रम संयोजक रोशन अर्याल, लक्ष्मी दर्नाललगायतका व्यक्तिहरू एयरपोर्ट पुगेका थिए । परियारले कतारमा रहेका नेपालीहरुलाई कार्यक्रममा निमन्त्रणासमेत गरेका छन । उनका पिउँदिन भन्दा भन्दै पिलायो साथीले, धोकेबाज हौ तिमी, क्या दामी भो, पागल बनायौ प्रियलगायत सयौं सुपरहिट गीतहरु रहेका छन ।
उनले शुक्रबार कतारको पुरानो एयरपोर्ट रोडमा रहेको होटेल स्टाटियोको सातौं तलामा अवस्थित इन्फिनिटी क्लबमा सांगीतिक प्रस्तुति दिने जनाएका छन । शुक्रबार सार्वजनिक बिदाको दिन पारेर समुद्घाटन तथा सांगीतिक कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा प्रवेस ४ बजेबाट खुल्ने र साँझ ६ बजेबाट सांगीतिक प्रस्तुति शुरु हुनेछ ।कार्यक्रममा प्रवेश शुल्क पचास रियाल रहेको कार्यक्रम संयोजक रोशन अर्यालले  बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार