सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

देशले धान्न नसक्ने गरी टोल–टोलमा सहकारी, १४ करोडसम्म सहकारीमा वचत गर्नु कानूनविपरित

मंगलबार, साउन १५ २०८१

काठमाडौंैं(जस)–सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापाले वचत परिचालनका निम्ति सहकारी नै आवश्यक नभएको बताएका छन् । मंगलबार समितिले सहकारी अभियान्ताहरुसँगको छलफलमा बोल्दै सभापति थापाले काठमाडौंको टोल–टोलमा बैंकका शाखा रहेकाले सहकारी आवश्यक नभएको बताएका हुन् । उनले राष्ट्र बैंकसँग जोडिएका र निश्चित सुशासनमा चलेका सहकारीहरुको आर्थिक अवस्था राम्रो रहेको बताएका छन् ।
थापाले अहिलेसम्म समितिमा गरेका छलफल र अन्तरक्रियाले वचत तथा ऋण सहकारी धेरै भएको बताए । सभापति थापाले देशले धान्न नसक्ने गरी वचत तथा ऋण सहकारी रहेको बताए । उनले सहकारी वास्तवमा छरिएर रहेको सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान नदिँदा समस्या आएको पनि उनले बताएका छन् । उनले सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित भए मात्रै पनि देशको आवश्यकता सम्बोधन हुने बताए ।
उनले वचत परिचालनको निम्ति सहकारी नै नचाहिने भन्दै सरकारले २०७७÷०८७ अगाडि नै ७५३ पालिकामा बैंकहरुका एउटा शाखा पु¥याउनु पर्छ भन्ने नीति अनुसार बैंकहरुको पहुँच बढाइएको बताए। उनले काठमाडौंका टोलटोलमा बैंकका शाखा रहेकाले वचतकर्ता ठगी गर्ने सहकारी आवश्यकता नभएको बताए । उनले सबैभन्दा ठगी गर्ने र सहकारीको बर्खिलाफमा चल्ने सहकारी काठमाडौं शहरमा भेटिएको बताए ।
उनले सहकारीमा १४ करोडसम्म वचत गर्ने गरेको पाइएको भन्दै १४ करोडसम्म सहकारीमा वचत गर्नु गैरकानूनी भएको बताए । उनले १० लाख भन्दा बढी वचत र १० लाख बढी फिर्ता गर्न बैंकमा नपाइने व्यवस्था हुने अनि सहकारीहरुले पाइने विषय राम्रो नभएको बताएका छन् । उनले सुशासनको सन्दर्भमा सबै सहकारी अभियान्ताहरुले बचाएर ल्याएको सहकारी केही ठगीहरुले बिगारेको बताए । उनले समितिले छानविन गर्नुपर्ने २९ वटा सहकारीमा १२ वटा एउटै मानिसको भेटिएको बताए ।
उनले थपे, ‘राष्ट्र बैंकसँग जोडिएका सहकारीहरुको आर्थिक अवस्था राम्रो छ । निश्चित सुशासनमा चलेका सहकारीहरुको आर्थिक अवस्था राम्रो छ । सहकारी कता केन्द्रित हुने भन्दा समितिमा गरेका छलफल अन्तरक्रियाले बचत तथा ऋण सहकारीको भारी धेरै भयो । देशले धान्न नसक्ने गरी भएको छ । सहकारी वास्तवमा छरिएर रहेको साना पुँजी उत्पादन र सेवामा केन्द्रित हुने र सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान दिने हो । त्यसले मात्रै मुलुकको सामाजिध र देशको आवश्यकता सम्बोधन हुन्छ । वचत परिचालनको निम्ति सहकारी नै चाहिँदैनन् । सहकारी अभियान्ताहरुका अगाडि तीतो लागे पनि लागोस् ।’
उनले भने, ‘कसलाई के प्रिय लाग्छ त्यो कुरा बोल्ने मान्छे होइन । २०७७र०८७ अगाडि नै ७५३ पालिकामा बैंकहरुका एउटा शाखा पु¥याउनु पर्छ भन्ने नीति अनुसार बैंकहरुको पहुँच बढाइएको छ । काठमाडौंका टोलटोलमा बैंक छन् । सहकारी किन चाहियो ? ठग्न । सबै भन्दा ठगी गर्ने र सहकारीको बर्खिंलाभमा चल्ने सहकारी काठमाडौंमा शहरमा छन् । सहकारीमा १४ करोडसम्म वचत गर्छ भने त्यो कानून विपरित हो । गैरकानूनी हो ।’
उनले भने, ‘१० लाख भन्दा बढी बचत, १० लाख बढी वचत र फिर्ता गर्न पाइदैन । बैंकहरुले नदिने सहकारीहरुले पाइन्छ । त्यो पाइँदैन । सुशासनको सन्र्दभमा सबै सहकारी अभियान्ताहरुले बचाएर ल्याएको सहकारी केही ठगीहरुले सकाए । छानविन गर्नुपर्ने २९ वटा सहकारीमा १२ वटा एउटै मानिसका सहकारी छन् । १७ वटा सहकारीमा १७ थरिका औतारी छन् । ती सहकारी होइनन् । ती सहकारी कसले दर्ता गरे खोजिका विषय भएका छन् । सहकारीमा देखिको अहिलेको गम्भिर समस्या सहकारी अभियान्ताहरुको पनि असफलता हो ।’

प्रतिक्रिया
सम्बन्धित समाचार