काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले १८ देशका लागि राजदूत सिफारिस गरेको छ । यसभन्दा अघिल्लो सरकारले फिर्ता बोलाएका भारतका लागि नेपाली राजदूतमा डा शंकर शर्मालाई भने निरन्तरता दिने निर्णय भएको छ ।
यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे पनि राजदूतको सिफारिसमा परेका छन् । यस्तै चीन, रुस, अष्ट्रेलियालगायतका देशका राजदूत फिर्ता बोलाउने निर्णय भएको ती मन्त्रीले जानकारी दिए । ती देशमा नयाँ राजदूत सिफारिस गर्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
राजदूत नियुक्ती
१)भारत शंकर शर्मा (यथावत)
२)अमेरिका लोकदर्शन रेग्मी
३)बेलायत चन्द्र घिमिरे
४)चीन, कृष्णप्रसाद ओली
५)दक्षिण कोरिया शिवमाया तुम्बाहाङफे
६)मलेसिया नेत्र तिमिल्सिना
७)पाकिस्तान रिता धिताल
८) पोर्चुगल प्रकाशमणी पौडेल
९)साउदी अरब नरेशविक्रम ढकाल
१०)इजरायल धनप्रसाद पण्डित
११)दक्षिण अफ्रिका कपिलमान श्रेष्ठ
१२)अस्ट्रेलिया कान्ता रिजाल
१३ ) जर्मनी शैल रुपाखेती
१४) स्पेन सनिल नेपाल