काठमाडौँ – होटल सांग्रिला काठमाडौंका संस्थापक श्यामबहादुर पाण्डेको निधन भएको छ।
उनको ८८ वर्षको उमेरमा निधन भएको पाटा नेपाल च्याप्टरले जनाएको छ।पाण्डेलाई नेपाली पर्यटन र आतिथ्य सेवाका एक नेतृत्वकर्ता व्यवसायीका रुपमा चिनिन्छ।
होटल एसोसिएसन नेपाल, पर्यटन बोर्डगायत पर्यटन क्षेत्रका विभिन्न संघसंगठनमा रहेर योगदान दिएको भन्दै पाटा नेपाल च्याप्टरले श्रद्धाञ्जलि व्यक्त गरेको छ।‘पाटा नेपाल च्याप्टर र पूरै नेपाली पर्यटन क्षेत्रले यस क्षेत्रका मूर्धन्य व्यवसायीलाई गुमाएको छ’, संस्थाले भनेको छ। केही वर्षयता अस्वस्थ उनको सोमबार ग्रान्डी अस्पतालमा निधन भएको हो। नेपाली होटल तथा पर्यटन क्षेत्रका अग्रणी उनका श्रीमती, २ छोरा र १ छोरी छन्। उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ।