सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा कतारको दूतावास भ्रमण, कतारमा नेपालीले भोगेका समस्याबारे लिए जानकारी

आइतबार, साउन ६ २०८१

दोहा(जस)–नेकपा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कतारस्थित नेपाली दूतावासको अवलोकन गरेका छन् । करिव ४ लाख नेपाली श्रमिक रहेको कतारमा नेपालीहरूलाई परेका समस्याहरूको बारेमा कतारको दूतावासका कार्यवाहक राजदुत कुमार राई र फष्ट सेक्रेटरी कृष्ण कुमार सुवृदी, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव चाणक पोखरेललगायतले बरिष्ठ उपाध्यक्ष पोखरेललाई स्वागत गर्नुका साथै समस्याहरूको बारेमा अवगत गराए ।
छलफलमा कार्यवाहक राजदुत राईले दूतावासमा कुटनितीक दरवन्दी १० जनामात्र रहेकोले काम गर्न कठिनाई रहेको अवगत गराए । दूतावासमा हाल कुटनितीक १० र अन्य लोकल १२ जनासमेत गरेर २२ जना रहेका छन् । कर्मचारी दरवन्दी कम हुँदा राहदानी बनाउन समस्या परेको राईले बताए । श्रम गर्न नेपालबाट आउँदा श्रम स्वीकृती नलिई आउने कामदारको व्यावस्थापनमा अर्काे चुनौती रहेको उनले बताए ।
दूतावासका फष्ट सेक्रेटरी कृष्ण कुमार सुवेदीले नेपालबाट आउने महिला श्रमिकलाई घरेलु कामदारको रूपमा म्यानपावर कम्पनीले लैजान गरेको र धेरै महिला कर्मचारी ले यस्तै समस्या परेको बताए । उनले नेपाल कतारबीच श्रम सम्झौता पुरानो रहेको र त्यसलाई पुनर्विचार गर्नुपर्ने अवस्था आएको सुवेदीले बताए । हाल कतार नेपाली एक हजार रियादमा हुँदै आएको छ । उनीहरूले खानावापत ३ सय अतिरिक्त पाउँदै आएका छन् ।
२००५ मा कतार नेपालबीच श्रम सम्झौतामा अहिले पनि श्रमिक काम गरिरहेका छन् । कतारमा कार्यरत नेपालीहरूले श्रम बीमा गर्दा कामको समयको मात्र बीमा हुुने हुनाले कामदारमा समस्या पैदा हुँदै आएको छ । त्यस्तै श्रमिकहरूमा विभिन्न कानुनी र न्यायिक समस्या झल्दै आएका छन् । कतारको कानुन उल्लंघन वा जानकारी बिना विभिन्न अभियोगमा ६३ जना नेपाली जेलमा रहेका छन् । एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले रेमिट्यान्स पठाउँदा कुनै सुल्क नलाग्ने बनाउनुपर्ने धारणा राखे । उनले हाम्रो जस्तो रेमिट्यान्सले चलेको देशले श्रमिकको मेहनतले कमाएको पैसाको राज्यले अपनत्व लिनुपर्ने बताए ।
उनले भने ‘कतारबाट भित्रिएको रेमिट्यान्सलाई उत्पादनमा जोड्नुपर्ने बताए । उनले नेपाली श्रमिक औपचारिक तालिम र शिपको कमिले सोचेजति लाभ हुन नसकेको बताए । पोखरेलले भने ‘नेपालको अर्थतन्त्रलाई जोगाउने महत्वपुर्ण अंग रेमिट्यान्स कसरी जिवनस्तर माथि उठाउन उत्पादनशिल क्षेत्रमा जोड्नुपर्ने अहिलेको प्रमुख आवश्यकता हो ।’ उनले कतारमा खाली राजदुत चाडै नियुक्त गरेर तमाम समस्याको तत्काल समाधान गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार