दोहा, कतार । सत्तारुढ नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले रेमिट्यान्सको पैसा उत्पादनमा लगाउनुपर्ने बताएका छन् । शुक्रबार कतारको दोहामा भएको प्रवासी मञ्चको सातौ अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले पोखरेलले कतारबाट भित्रिएको रेमिट्यान्सलाई कसरी व्यवस्थित गर्ने भन्ने चुनौती अहिलेको आवश्यकता रहेको बताएका हुन् । उनले रेमिट्यान्सको पैसा उत्पादनमा लगाउनुपर्ने बताए ।
यस्तै वर्तमान राजनीतिक विषयमा उनले आगामी निर्वाचनमा माओवादीलाई साथ नदिने शर्तमा नेपाली कांग्रेस र एमालेको सरकार बनेको खुलासा गरे । प्रचण्डले चुलबुल गर्दा हुँदाखाँदाको सरकार ढलेको बताए । नेता पोखरेलले प्रचण्डकै बेइमानीले बाम सरकार ढलेको आरोप समेत लगाए । उनले भने, ‘भन्न बाम भन्ने, काम के गर्ने के गर्नेलाई हुँदा सरकार गिरेको हो ।’
पोखरेलले राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमाले सरकार बनेको बताएका छन् । यो देशमा हुँदा हुँदा २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत अनुसार नयाँ सरकार गठन गरेको बताए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य उमाशंकर अगरियाले मधेसका पार्टी विगतदेखी आफै पद लोलुपताले फुटेको बताए ।
‘अब नेपालमा सानो पार्टीको काम छैन । देशलाई समृद्ध बनाउन एमाले चाहिन्छ । प्रत्येक पालिकामा १५ वेडको अस्पताल सुरूवात केपी ओलीकै पालमा भएको हो’, उनले भने । नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले एमाले नतृत्वको सरकारले नेपाली श्रम र सीपलाई नेपालमै राख्न पहल गर्ने बताए । कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष संजय थापा, अध्यक्ष, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चाँणक पोखरेल, प्रवासी नेपाली मञ्च मध्येप्रदेश इन्चार्च कमलमणी गुरागाई, प्रवासी नेपाली मञ्च दुवई अध्यक्ष प्रकाश कोइराला, प्रेस चौतारी नेपाल केन्द्रीय सचिव विष्णु तारूकेलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
अधिवेशनमा प्रवासी नेपाली मञ्च बहराइनका सचिव वीरेन्द्र बुढाथोकी, प्रवासी नेपाली मञ्च मध्यपूर्व कमिटीका संयोजक प्रकाश कोइराला, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सदस्य, सालिकराम पन्त, सचिवालय सदस्य तथा मध्यपूर्व महादेश इन्चार्ज कमलमणि गुरागाईं, उपसचिव तथा प्रचार प्रसार प्रमुख चानक पोखरेल, कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरियाले सम्बोधन गरेका थिए ।
कतारमा स्थापित सामाजिक संस्थाहरूको प्रतिनिधित्व गर्दै गोरखा सेवा समाजका अध्यक्ष ओम गुरुङले शुभकामना मन्तव्य राखेका थिए । प्रदेश समन्वय परिषद्को प्रतिनिधित्व गर्दै मधेस प्रदेश समन्वय परिषद्का अध्यक्ष नियाज शेख, श्रमिकहरूको प्रतिनिधित्व गर्दै जिफन्ट कतारका अध्यक्ष समुन्द्र खड्का, मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका अध्यक्ष अजमत अलि, महिलाहरूको प्रतिनिधित्व गर्दै नेपाली महिला समाज कतारकी प्रवक्ता शारदा भुजेल, आदिवासीहरूको प्रतिनिधित्व गर्दै जनजाति महासंघ कतारका अध्यक्ष डिएन मगर, पत्रकारहरूको प्रतिनिधित्व गर्दै पत्रकार महासंघ कतारका उपाध्यक्ष अर्जुन पौडेलले आफ्ना शुभकामना मन्तव्यसहित विभिन्न सुझाव र गुनासा उपाध्यक्ष पोखरेलसमक्ष राखेका थिए ।
एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टले समृद्ध नेपाल सुखी नेपालको नाराले लिएर एमाले हिँडिरहेको स्मरण गराउँदै ३० वर्षभन्दा बढी समयसम्म प्रवासीएका नेपालीहरूलाई स्वदेश फर्काउने र श्रमिकका हितमा के कस्ता कार्य गर्ने योजना बनाएको छ त्यो स्पष्ट रूपमा राख्दिन र आवश्यक स्थानमा आवाज पु¥याइदिन आग्रह गरे । अधिवेशनमा व्यवसायी तथा समाजसेवी नरेन्द्र भाट र सागर नेपालले शुभकामना मन्तव्य राखेका थिए ।
कतारमा रहेका वैचारिक संस्थाहरूमध्ये नेपाल नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष रबिन पुन, संघीय लिम्बुवान सामाजिक मञ्चका वरिष्ठ उपाध्यक्ष डम्बर लिवाङ, अन्तर्राष्ट्रिय नेपाली समाजका महासचिव ध्रुव क्षेत्री, कतार नेपाली एकता समाज (पानस) कतारका अध्यक्ष तिलक श्रेष्ठ, नेपाली समाज कतारका अध्यक्ष मनिष यादव, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमान, प्रवास नेपाली सम्पर्क विभाग दोहा कतारका सभापति अब्दुल करीम, नेपाली जनप्रगतीशिल मञ्च कतारका अध्यक्ष राज देवकोटा, नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहमद अजिज अलिले शुभकामना मन्तव्य राखेका थिए ।
ब्यानर अनावरण तथा पानसमा दीप प्रज्वलन गर्दै समद्घाटन गरिएको कार्यक्रममा मञ्चका उपाध्यक्ष विजय बस्नेतले स्वागत मन्तव्य राखेका थिए । सचिव विनेश तामाङले सहजीकरण गरेको अधिवेशनमा गायक शिवराम ढकाल र गायिका रेसमी सुनुवारले राष्ट्रिय भावको गीत गाएका थिए । गायक मनिष गोस्वामी र कलाकारहरूले मैथिली भाषामा गायन प्रस्तुत गरे भने कलाकार समृद्ध सापकोटा, दिया सिंह र प्रज्ञा निउरेले आफ्नो नृत्य पेस गरेका थिए । जिया हमालले काफल गेडी कुटुक्कैमा आकर्षक नृत्य पेस गरेकी थिइन् ।