काठमाडौं । यूएईका आजमान र सारजाह आसपासका क्षेत्रका नेपालीका लागि राहदानी नविकरण घुम्ती शिविर सफलतापुर्वक सम्पन्न भएको छ । यूएईको नेपाली राजदुताबास अबुधावीबाट दुरदराज मानिने आजमान र सारजाह आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली श्रमिकहरुको सुविधालाई मध्यनजर गर्दै आयोजना गरिएको नेपाली राहदानी नबिकरण घुम्ती शिविरमा युएईमा संचालित राहदानी नबिकरण शिविर मध्ये सवै भन्दा धेरै ४२२ जनाको राहदानी नबिकरण सम्पन्न गरिएको हो ।
राहदानी नविकरण घुम्ती शिविर सफलता पुर्वक सम्पन्न गरिएको बारे जानकारी ।
नेपाली राजदुताबास अबुधावीबाट दुरदराज मानिने आजमान र सारजाह आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली श्रमिकहरुको सुविधालाई मध्यनजर गर्दै आयोजना गरिएको नेपाली राहदानी नबिकरण घुम्ती शिविरमा युएईमा संचालित राहदानी नबिकरण शिविर मध्ये सवै भन्दा धेरै ४२२ जनाको राहदानी नबिकरण सम्पन्न गरिएको छ । उक्त शिविरमा appointment नै नलिई सेवाका लागि आउनुभएका केहि दाजुभाई तथा दिदि बहिनिहरुलाई भने सेवा प्रदान गर्न नसकिएको कुरा जानकारी गराउदछौ ।
नेपाली राजदूतावास अबूधावी युएई तथा नेपाल एसोसिएसन –एनआरएनए एनसीसी युएईको संयूक्त आयोजना एवम् नेपाली संघ संस्था र सामाजिक अभियान्ताज्यूहरुको सहयोगमा यूएईको उत्तरी क्षेत्र आजमान र सारजाह आसपास क्षेत्रमा बसोवास गर्ने नेपाली श्रमिकहरुको सुविधाका लागि आयोजित पासपोर्ट नबिकरण घूम्ती शिविर कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्नकालागि अहोरात्र लागि परेर सम्पन्न गर्नुहुने नेपाली राजदुताबास अबुधावीका महामहिम राजदुत तेज बहादुर क्षेत्रीज्यू लगायत सम्पूर्ण राजदुताबास कर्मचारी परिवार, एनआरएनए आईसीसी पदाधीकारी तथा सदस्य ज्यूहरु, नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईका सल्लाहकार तथा पदाधीकारीज्यूहरु, युएईमा क्रियासिल बैचारिक संस्थाका प्रमुख तथा पदाधीकारीज्यूहरु, युएईमा स्थापित सम्पूर्ण नेपाली सामजिक संघ संस्थाका प्रमुख तथा पदाधीकारीज्यूहरु, पत्रकार मित्रहरु एवम् सम्पूर्ण सामाजिक अभियान्ताज्यूहरु, आजमानमा रहनुहुने क्रियासिल सामाजिक व्याक्तित्व तथा शिविर स्थलमा खटिनुहुने स्वयमसेवक ज्युहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं ।
रुद्र थापा
प्रबक्ता
तथा नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएई परिवार







