शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एनआरएनए एनसीसी कतार र नेपाल व्यवसायी संघ कतारद्धारा राजदूत डा ढकालको विदाई

बिहिबार, असार २८ २०८१

काठमाडौं(जस)–एनआरएनए एनसीसी कतार र नेपाली व्यवसायी संघ कतारले कतारका लागि नेपाली राजदूत डा. नरेश बिक्रम ढकाललाई विदाई गरेका छन् । आफ्नो कार्यकाल सकेर नेपाल फिर्ता हुन लागेका राजदुत ढकाललाई संघले बुधबार एक कार्यक्रमको आयोजना गरी विदाई तथा सम्मान गरेको संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईले जानकारी दिएका छन ।
राजदूत ढकाल नेपाल व्यावसायी संघ कतारका प्रमुख संरक्षक समेत हुन । विदाई तथा सम्मान समारोहमा बोल्दै संघका अध्यक्ष चम्लागाईले राजदूत ढकालले आफ्नो कार्यकालमा संघ तथा कतारमा रहेका नेपालीका लागि धेरै सहयोगका काम गरेको स्मरण गरे । उनले भने ‘महामहिमज्यूले कतारमा रहेका नेपालीको संरक्षण, दुई देशबीचको सम्वन्ध विस्तारका साथै कतारी राजालाई नेपाल भ्रमण गराएर आफ्नो कार्यकाल सफल बनाउनुभएको छ, कतारमा रहेका सम्पूर्ण नेपाली व्यवसायीको तर्फबाट उहाँलाई हार्दिक बधाईसहित उच्च सम्मान प्रकट गर्दछौ ।’

यसैगरी आज एनआरएनए एनसीसी कतारले पनि राजदूत ढकाललाई एक कार्यक्रम गर्दै सम्मान गरेको छ । सो कार्यक्रममा राजदूत ढकालको उज्जवल भविष्यको कामना गर्दै सबै संघसस्थाहरुले पनि एनआरएनएसँगै विदाई गरेका थिए । एनआरएनए एनसीसी कतारसँगै कार्यक्रममा गण्डकी प्रदेश समन्वय समिति कतार, कास्की आदर्श समाज लागायतले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टले १५ तारिखमा नेपाल फर्किन लागेका राजदूत ढकाललाई कतारमा रहेर सफलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेकोमा धन्यवाद व्यक्त गर्दै सफल भविष्यको कामना गरे ।
कार्यक्रममा राजदूत ढकालले सबै संघसंस्थालाई धन्यवाद व्यक्त गरे । कतारमा आफ्नो २ वर्ष १० दिको कार्यकालमा आफुले विभिन्न १३ कार्ययोजना बनाएर काम गरेको बताए । उनको ठूलो सफलताका रुपमा कतारका अमीरको नेपालको भ्रमण रहेको थियो । ढकालले सरकार परिवर्तनसँगै हुने राजदूतको परिवर्तनले राज्यलाई नै घाटा लाग्ने भएकाले यो विषयमा सुधार गर्नुपर्ने बताए ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार