शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

कतारस्थित २५ देशका राजदूतले विदाई गरे नेपाली राजदूत डा.ढकाललाई

बिहिबार, असार २८ २०८१

दोहा। कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकाललाई कतारस्थित विभिन्न २५ वटा एसियाली देशका राजदूतहरुले विदाई गरेका छन्।

कतारका लागि बहराईनका राजदूत तथा एसियन उम्बेसडर ग्रुपका अध्यक्ष डिन मोहम्मद बहराईन अबुब गब्बरले दोहास्थित नेपाली दूतावासमा बुधबार आयोजना गरेको विदाई कार्यक्रममा नेपाली राजदूत डा. ढकाललाई उपहार प्रदान गरी विदाई गरिएको थियो।

नेपाली दूतावासको बैठक कक्षमा आयोजित सो कार्यक्रम ग्रुपका राजदूतहरुले कतारका अमिरको नेपालको औपचारिक भ्रमण गराएर गराएर राजदूत ढकालले महत्वपूर्ण योगदान दिएको बताएका थिए।

सो अवसरमा राजदूतहरुले राजदूत ढकालको कार्यकायलमा विर्सन नसक्ने महत्वपूर्ण कार्य भएको बताए। नेपाली दूतावासमा नै आएर विदाई कार्यक्रम गरेकोमा राजदूत ढकालले भावुकतापूर्बक कतज्ञता व्यक्त गरेका थिए।

राजदूत डा.ढकालले एसियाली राजदूतहरुको समूहले दिएको माया, ममता र सम्मानका लागि आभार व्यक्त गरेका थिए।

सो अवसरमा उनले कतारका राजदूतहरुलाई नेपाल भ्रमण गर्न वा राजदूत भएर नेपाल आउन आग्रह गरे।

इरानसँग नेपालको सम्वन्धनलाई थप सुदृढ गर्न राजदूत डा. ढकालले इरानका परराष्ट्र राज्यमन्त्रीसँग भेट गरेको र कतारबाट नै इरानलाई समेत हेर्ने गरी कार्यक्षेत्र तोक्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरिएको बताए।

पाकिस्तानबाट भन्दा कतारको दूतावासबाट इरानको कार्यक्षेत्रको जिम्मेवारी बहन गर्न भौगोलिक दूरीदेखि अन्य विषय सहज र सरल हुने बताए।

एसियाली राजदूतहरुको समूहमा नेपालले देखाएको सक्रियता र सहभागिताप्रति आभार व्यक्त गर्दै राजदूत ढकालले राजदूत हुँदा र नहुँदा समेतको अवस्थामा अन्य देशका राजदूतसँगको सम्वन्ध कायम रहने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार