काठमाडौं। विगत डेढ दशकदेखि गीत गायन क्षेत्रमा निरन्तर लाग्दैआएकी गायिका चांदनी शाक्य सर्वोत्कृष्ट लोक पप गायिका अवार्डवाट अवार्डेट भएकी छन्। केही दिनअघि मात्र आयोजित म्युजिकखबर म्युजिक अवार्डको ११औं संस्करणमा गायिका शाक्य आकाशमा बोलको गीतवाट सर्वोत्कृष्ट लोक पप गायिका अवार्डवाट अवार्डेट भएकी हुन्।
जसवाट अत्यन्त गौरबता महशुश गरेकी गायिका शाक्यको पछिल्लो तिमीलाई बोलको रोमान्टिक गीत पनि सार्वजनिक भएको छ। ओएसआर डिजिटलवाट सार्वजनिक भएको गायिका शाक्यको यो पछिल्लो गीतको सम्पूर्ण छायाँकन अमेरिकाको न्यूयोर्कमा भएको हो । जसमा अस्केला विष्ट र लक्की खड्काको मायाबी अभिनय रहेको छ। रिभेल इन्कको प्रस्तुति रहेको यस गीतको भिडियोको सम्पादन तथा कलरिङ प्रविन श्रेष्ठले गरेका हुनभने, निर्देशन रुबिन शर्माको छ। बीर बहादुर लामिछानेको छायाँकन रहेको छ।
यसअघि गायिका शाक्यको गायन रहेको के लेखिदियो भाग्यमा, मैया रानी, आकाशमा, बेहोशीमा बोलका गीत रिलिज भैसकेको छ। पश्चिम नेपालको नेपालगञ्जमा जन्मी हुर्केकी गायिका शाक्यलाई गीत गायनमा विशेष त उनको दाजुको प्रेरणा रहेको छ । दाजुको प्रेरणाले उनी यस क्षेत्रमा आएकी हुन। सानैदेखि गीत गाउने रहरलाई पूरा गरेर अवार्ड समेत जित्न सफल भएकोमा गायिका शाक्य खुशी नै खुशी देखिएकी छन्। निरन्तर गायनमा लाग्ने उनको अव भिजन र मिशन नै बनेको छ।