आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सेना–प्रहरी सरह निजामती कर्मचारीको तलब समायोजन गर्न सर्वोच्चको परमादेश

मंगलबार, असार १२ २०८१

काठमाडौं(जस)–मर्यादाक्रम एउटै भएका सेना–प्रहरी र निजामती कर्मचारीलाई समान तलबको व्यवस्था गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार (सोमबार) नेपाल सरकारको नाममा परमादेश जारी गरेको हो ।
सहन्यायाधिवक्ता गोविन्द खनाल, सहायक न्यायाधिवक्ता भरतकुमार मैनालीसहित ३३ जनाले दायर गरेको रिटमा सर्वोच्चले परमादेश गरेको हो । निजामती सेवामा मर्यादाक्रम माथि भए पनि प्रहरी र सेनाको सोही स्तरका कर्मचारीको तलब बढी भएकोले शुरूको तलब स्केल समान कायम हुनुपर्ने माग गर्दै रिट दायर गरिएको थियो । सोही बमोजिम सर्वोच्चले परमादेश जारी गरेको हो ।
मर्यादाक्रममा निजामती र सेना तथा प्रहरीको समान तह भए पनि शुरूको तलब स्केल निजामतीको भन्दा सेना र प्रहरीको बढी थियो । नेपाल सरकारले निर्धारण गरेको तलब मानको शुरू स्केल असमान भएको हुनाले समान कायम गराई पाउँ भन्दै सर्वोच्चमा रिट परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार