सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

अस्ट्रेलियालको व्यवस्थित आप्रवासन प्रणाली र परिष्कृत योजना

डिएन घिसिङ

शनिबार, असार २ २०८१

अस्ट्रेलिया । अस्ट्रेलियाको गृहमन्त्रालय तथा साइबर सुरुक्षा मन्त्रालयले आगन्तुक प्रबेशाज्ञा धारकहरूलाई लक्षित गरि परिष्कृत योजना जारी गरेको छ।जारी बिज्ञप्तीमा आगन्तुक प्रबेशाज्ञा धारकहरू र उल्लेखित उपबर्गले अष्ट्रेलियामा हुँदा विद्यार्थी भिसाका लागि आवेदन दिन प्रतिबन्ध हुने जनाएको छ।उक्त संदेशमा आगामी जुलाई पहिलो हप्ताबाट लागू हुने जनाएको छ।अस्थायी बसोबास वा घुमफिर गर्न दिइएको सुबिधालाई कानुनको छिद्रा प्रयोग गरेर आबसिय बसाई लम्बाउने बड्दो अवस्थालाई नियन्त्रण गर्न अस्ट्रेलिया सरकार कटिबद्ध रहने बिज्ञप्तीमा उल्लेख गरिएको छ।
आउँदो आर्थिक वर्षमा वैदेशिक बसाइसराइलाई उल्लेखनीय रूपमा घटाउने अनुमान प्रधानमन्त्री अल्बानिजको सरकारले गरेको छ।दक्ष रोजगारी सुरक्षित गर्न र स्थायी बसोबासमा ब्यबस्तीत गर्न कार्ययोजना सारिएको जनाएको छ।
करिब ३६हजार आगन्तुक भिसा धारकले बिद्यार्थी भिसाको लागी आबेदन समेत दिएकोमा स्थगित गर्ने निर्णय सार्बजनिक गरेको छ।
प्रसिद्ध अस्ट्रेलियाली जनसंख्याविद पिटर म्याकडोनाल्डले देशमा पहिले नै रहेका मानिसहरूबाट गुणस्तरीय भिसा आवेदन स्वीकार गरेर भिसालाई गम्भीर रूपमा कटौती गरेमा स्थायी बसाइँ सराइको मात्रालाई व्यवस्थापन गर्न सक्ने समेत जनाएको छ।उक्त बिज्ञप्तीमा अस्थायी स्नातक भिसा धारकहरूले विद्यार्थी भिसाको लागि आवेदन दिन नसक्ने स्पष्ट जनाएको छ।अस्ट्रेलिया सरकारले गरेको यो परिवर्तनले स्पष्ट पार्छ कि स्नातकहरुले सीपयुक्त कामहरू खोज्नु पर्छ र स्थायी बसोबास हुनु पर्छ वा देश छोड्नु पर्ने प्रवक्ता पिटर ग्रीनले
उल्लेख गरेको छ।
रणनीतिक र व्यवस्थित आप्रवासन प्रणालीलाई बढावा दिने र यी परिवर्तनहरू आप्रवासन कार्यक्रमलाई परिष्कृत गर्न अस्ट्रेलिया सरकारको जारी प्रयासहरूको एक हिस्सा रहेको जनाएका छ्न।यसले भिसा प्रणालीको अखण्डता कायम राख्दै देशको विकसित आवश्यकताहरू सुनिश्चितता गर्ने समेत जनाएका छ्न।

प्रतिक्रिया
सम्बन्धित समाचार