मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

गोरखा सेवा समाज कतारले जुन १७ मा बृहत साँस्कृतिक कार्यक्रम गर्दै, नेपालबाट ४ जना चर्चित राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिने

बिहिबार, जेष्ठ १७ २०८१

काठमाडौं(जस)–“तन मन वचन र कर्मले सेवा गरौं” भन्ने स्लोगनलाई मुल नारा बनाई –२००३ मा स्थापना भएको सामाजिक संस्था गोरखा सेव समाज कतारले इस्लाम धर्मावलम्बीहरुको दोस्रो महान पर्व ईद अल अधा अर्थात (बक्र ईदको) अवसर पारेर आगामी जुन १७ तारिक गर्न लागेको बृहत साँस्कृतिक ईद धमाका–२०२४ कार्यक्रममा नेपालबाट–४ जना चर्चित राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिने भएका छन ।

समाजले मानव सेवा आश्रम गोरखा शाखाको भवन निर्माणको सहयोगार्थ आयोजना गरेको उक्त कार्यक्रममा आफ्नो सांङ्गीतिक प्रस्तुति दिन नेपालबाट अहिलेका चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरी, भर्सटायल गायक उर्गेन दोङ, चर्चित भर्सटायल गायिका समीक्षा अधिकारी र लोक तथा दोहोरी गायिका निर्जला गुरुङ कतार आउने भएका हुन् । अल लुक्तामा रहेको ट्युनिसियन स्कुलको बिशाल सभाहलमा हुने कार्यक्रमको गेट पास दोहामा रहेका सबै नेपाली रेस्टुरेन्टहरु र हर्मोसा ब्युटी सेन्टरमा पनि सहज रुपमा पाइने र कार्यक्रमको दिन दर्शकहरुको सुबिधाको लागि निशुल्क यातायात व्यवस्था पनि रहेको कार्यक्रम संयोजक राकेश श्रेष्ठले नेपाली जनता खबरलाई जानकारी गराएका छ ।

श्रेष्ठले यतिबेला दोहामा रहेका सम्पुर्ण संघ संस्था बैचारिक संस्था, समाजसेवी, बुद्धिजीवी, मिडिया तथा पत्रकार, कलाकारहरुलाई पत्राचार गरिसकेको र कार्यक्रमको लागि आवश्यक पुर्व तयारीको कामहरुमा पनि समाज तिब्र रुपमा लागि रहेको बताउदै एउटा सामाजिक कार्यको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम सफल बनाउन उपस्थित भएर सहयोग गरिदिन दोहावासी नेपालीहरुलाई आह्वान पनि गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार