काठमाडौं । काठमाडौंमा आइतबारदेखि शुरु भएको तेश्रो लगानी सममेलनका अवसरमा विभिन्न सम्झौता भएका छन् । आइतबार लगानी सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ र मलेसिया चेम्बर अफ कमर्स, म्यानुफ्याक्चर एसोसिएसनबीच एमओयु भएको छ ।
सम्मेलनमा भाग लिन दुबै संस्थाका अध्यक्षसहित मलेसियाबाट १७ लगानीकर्ता नेपाल आएको मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेलले बताए । लगानी सम्मेलनमा आफैं उपस्थिति भएका पौडेलले मलेसियाबाट ठूलो लगानी भित्रनेसमेत बताए ।