बिकाश गैरे/दोहा-कतार,
पर्वत समाज कतारले २६ अप्रील २०२४ सुक्रबारका दिन नज्मा स्थित कतिकट रेष्टुरेन्टको सभाहलमा भब्यताकासाथ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । समाजका अध्यक्ष रघुनाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली नियोगका प्रथम सचिव कृष्ण कुमार सुबेदी(कृसु) रहेका थिए ।
“निश्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत” भन्ने मुल नारा बोकि २००३ सालमा स्थापना भएको यस समाजले निरन्तर सामाजिक कार्यहरुमा सरिक र सहभागी हुदै आएको छ । विभिन्न कालखण्डमा विभिन्न ऐतिहासिक कामहरुपनी गर्दै आएको छ ।
यसै कार्यक्रम मार्फत नेरु २५ लाख भन्दा बढि रकमको बहुउद्देश्यीय अक्षय कोषको स्थापना पनि गरेको छ । कोष सन्चालन गर्नको लागि नन्दलाल बिश्वकर्मा(अजय) को अध्यक्षतामा २१ तदर्थ समिती समेत गठन गरेको कोषका सचिव सन्तोष क्षेत्रीले नाम बाचनगरि सुनाएका थिए । तदर्थ समितिमा,अध्यक्ष – नन्दलाल बिश्वकर्मा (अजय),उपाध्यक्ष – छबिलाल भट्टराई ,उपाध्यक्ष – श्यामलाल न्यौपाने,उपाध्यक्ष – चिन्तामणी पौडेल सचिव – ओम बहादुर क्षेत्री (सन्तोष), सह–सचीव कोषाध्यक्ष – रघुनाथ शर्मा,सह–कोषाध्यक्ष – भिमकान्त पौडेल र सदस्यहरु दिल कुमार श्रेष्ठ,शेषराज,तिमल्सिना ,सेवक घताने,महेन्द्र कुमार चालीसे,हरीप्रसाद शर्मा,आनन्द जिसि,टंक प्रसाद तिवारी,राम प्रसाद शर्मा,सुवासजिसि,राजु जिसि,गङ्गा शर्मा,रमेश पौडेल र पदेन सदस्य(जिल्ला अध्यक्ष)रहेका छन।
कार्यक्रममा अतिथिको आसन ग्रहण लगत्तै नेपाली र कतारी राष्ट्रिय गान बाट सुरु भएको भएको थियो भने प्रमुख अतिथी सुबेदिले कलसमा दियो बाली कार्यक्रमको उद्घाटन गरेका थिए । समाजका वरिष्ठ उपाध्यक्ष आनन्द जिसिले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए भने एनआरएनए एनसीसी कतार नेपाली तारा सिजन ३ नित्य तर्फको बिजेता निरु श्रेष्ठ र कोरियोग्राफी सिम्रन श्रेष्ठको नित्य मार्फत उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा समाजका सचिव भरत मल्लले वार्षिक प्रगती प्रतिबेदन बढेर सुनाएका थिए भने कोषाध्यक्ष शुभास जिसिले आर्थीक प्रतिबेदन पढेर सुनाएका थिए ।
मन्तव्य राख्ने क्रममा विभिन्न बक्ताहरुले यो मानवीय र पुण्यको काम भएको ले कार्यक्रमको उच्च प्रशंसा गर्दै आयोजकलाई धन्यवाद सहित आर्थिक सहयोग पनि गरेका थिए ।
कार्यक्रममा नेपाली लोक तथा दोहरी गाएक आर सि पौडेल (पर्वते राजा) र एनआरएनए एनसीसी नेपाली तारा बिजेता रुस्तम तामाङ सहित कतारमा रहेका स्थानिय थुप्रै कलाकारहरुले आफ्नो सागितिक तथा साहित्यीक प्रस्तुती पनि दिएका थिए ।।
कार्यक्रममा प्रमुख अतिथि सुबेदिले अहिले कतारमा श्रमिक मुद्दा अली जटिल बन्दै आएको र सम्पुर्ण नेपाली श्रमिकहरुलाई कतारको कानुन भित्र रहि काम कार्वाही गर्न आग्रह समेत गरेका छन । सुबेदिले कतारमा स्थापित सम्पुर्ण संघसंस्थाहरुलाई कार्यक्रमको प्राकृति हेरेर मिल्छ भने दुई चरणमा बिभाजनगरेर काम गर्दा समयको बचत हुने बताएकछन । कार्यक्रममा बोल्दा बक्ताहरुलाई ब्यानरमा हेरर तेहि बिषय अनुसारनै बोल्दिन को लागि समेत उनले आग्रह गरेका छन । उनले थप्दै भने बहुउद्देश्यीय कोषको स्थापना गर्नु राम्रो कुरा रहेको बताउदै हिनामिना नगरी कालान्तरसम्म निरन्तरता दिन सुझाउदै सचेत समेत गराएका थिए । कतारमा रहेका श्रमिकको हकहितको लागि नेपाली राजदुतावासले गर्न सक्ने सबैखाले साथ र सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन ।
कार्यक्रममा समाजका सस्थापक अध्यक्ष,आजिवन सदस्यहरु,कलाकार र पत्रकार तथा मिडियाकर्मिहरुलाई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो भने प्रमुख अतिथी कृष्ण कुमार सुबेदिलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।
समाज स्थापनागर्ने संस्थापक,समाजलाई अहिले सम्म ल्याउ सहयोग गर्जे सम्पुर्ण पर्वते दाजुभाई तथा दिदी बहिनीहरु तथा आफ्नो निमन्त्रणालाई स्वीकारगरि कार्यक्रममा आई सल्लाह सुझाव दिने सम्पुर्णलाई आभार व्यक्त गर्दै अमुल्य सल्लाह सुझावलाई सदैव आत्मासाथ गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउदै अध्यक्ष शर्माले धन्यवाद पनि दिएका थिए । बोल्ने क्रममा उनले कोष एउट अत्यतै बहुउद्देश्यीय पबित्र मानवीय काम भएकोहुदा छिट्टैनै नेपाल सरकारको नीति नियम र कानुनको पालना गर्दै दर्ता प्रक्रियापनि अगाडि भढाउने बताए ।उनले कार्यक्रममा उपस्थित भई कार्यक्रम समफल बनाउनको लागि सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञपनगर्दै कार्यक्रमको समापन गरेका थिए । समाजका सचिव भरत मल्ल र समाजका निवर्तमान प्रथम उपाध्यक्ष तथा कोषका सचिव सन्तोस क्षेत्रीले कार्यक्रमको सहजीकरण गरेका थिए ।