आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कतारमा अलपत्र ६२५ नेपाली कामदारको उद्दारको लागी एनआरएनए कतारका अध्यक्ष भट्टले भेटे श्रममन्त्री अर्याल

शनिबार, बैशाख १५ २०८१

काठमाडौ, कतारस्थित अल जावर पार्टनर्स कम्पनीमा कार्यरत ६२५ जना नेपाली कामदार अलपत्र परेपछि एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले श्रममन्त्री डिपि अर्याललाई भेटेर कामदारका समस्याका बारेमा जानकारी गराउदै उद्दारको लागि श्रममन्त्री र नेपाल सरकारलाई अनुरोध गरेका छन ।
एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले कामदार अलपत्रका सम्बन्धमा श्रममन्त्री डीपी अर्यालको ध्यानाकर्षण समेत गराएका छन । शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री अर्यालले यस समस्या समाधानका लागि सरकारको तर्फबाट पहल थालिसकेको बताएको भट्टको भनाइ छ ।  उनीहरूलाई फर्काउने या के गर्ने भन्ने विषयमा छिट्टै निष्कर्षमा पुगिने मन्त्री अर्यालले बताए । श्रमिकहरूलाई समस्यामा पर्न नदिने प्रतिबद्धता जनाउँदै कतारस्थित नेपाली दूतावास र एनआरएनए कतारका साथै कतारी सरकारसँग समन्वय गरेर निष्कर्षमा पुगिने उनको भनाइ थियो । 
सो अवसरमा भट्टले श्रमिकका अन्य विषयमा पनि मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । मन्त्री अर्यालले आफू सधै श्रमिकहरु संगै रहेको जनाउदै कामदारका हकहितका आफू जस्तो कदम चाल्न पनि तयार रहेको बताए ।
उक्त भेटघाटमा भट्टसंगै जनसवाल रास्ट्रीय दैनिकका सम्पादक रामजी बगाले,एनआरएनए कतारबाट दीपक लामिछानेको उपस्थिति रहेको थियो ।

कतारस्थित अल जावर पार्टनर्स कम्पनीले ५ महिनासम्मको तलब नदिएपछि उनिहरू अलपत्र परेका हुन । 
गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष रमेश भट्टले उक्त कम्पनीमा काम गर्ने करिब १ हजार ५०० कामदारमध्ये ६२५ जना नेपाली भएको बताए । उनीहरूले पाँचदेखि तीन महिनासम्मको तलब नपाएको भट्टको भनाइ छ । 

‘बस्न त कम्पनीमै बसेका छन् । तर, तलब नपाएको कारणले खानामा समस्या भएपछि हामीले (एनआरएनए कतार) सुरुमा व्यक्तिगतरुपमा र पछि कतारको श्रम विभाग र रेडक्रससँग समन्वय गरी खाद्यान्नको व्यवस्था गरेका छौँ’, उनले भने। 
श्रमिकहरूले आफूहरूले पाउनुपर्ने बक्यौता रकम लिएर नेपाल फर्किने व्यवस्था मिलाउन माग गरेका छन । यदि नियमित तलब दिने ज्ञारेन्टी हुन्छ भने काम गर्न पनि तयारै रहेको उनीहरूको भनाइ छ । विभिन्न मेनपावर कम्पनीमार्फत उक्त कम्पनीमा नेपालीहरू काम गर्न पुगेका थिए । 
कम्पनीले  तलब नदिएपनि श्रमिकहरूले गत अप्रिल १४ देखि काम बन्द गरेको बताइएको छ । आफूहरुको बाध्यताबारे उनीहरूले स्थानीय प्रशासनलाई जानकारी गराउँदै काम रोकेका हुन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार