आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

महामन्त्री गगन थापालाई अमेरिकामा भव्य स्वागत गरिने

शनिबार, बैशाख ८ २०८१

क्यालिफोर्निया सम्वाददाता
क्यालिफोर्निया । नेपाली काङ्रेसका महामन्त्री, नेपाल सरकारका पुर्व मन्त्री तथा संघिय साँसद माननिय गगन कुमार थापाको अमेरिकाको क्यालिफोर्निया भव्य स्वागतको तयारी भईरहेको छ। युवाहरुको धुकधुकी पनि भनेर चिनिने लाखौं नेपालीहरुको आशा गगन थापा आफ्नो नीजी भ्रमणमा आउन लागेको कुराले पुरा क्यालिफोर्नियावासी नेपालीहरुलाई उत्साहित बनाएको छ। सो अवसरमा यही अप्रिल २१, २०२४ आईतबारका दिन यु सि बर्कलिमा भव्य स्वागत तथा अन्तरकृया कार्यक्रम राखिएको छ। जनसंपर्क समिती अमेरिका उत्तर क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको सो कार्यक्रममा सैयौँ जनाको सहभागीता हुने आयोजक समितिका कार्यवाहक सभापति श्री नारायण खनालले बताउनु भयो। नेपाली जनसंपर्क समिती क्यालिफोर्निया उपसभापती तथा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि ल क्ष्मी कार्किले कार्यक्रमको तयारी भएको कुरा बताउनु भयो। सो भेटघाट तथा अन्तरकृया कार्यक्रम बिभिन्न राजनैतीक विचारधारा बोके पनि गहन थापालाई माया गर्ने जमात ठुलै भएको र सबैलाई स्वागत गर्ने बताउनु भएको छ।

जनसंपर्क समिती अमेरिकाका केन्द्रिय सद्स्य चन्द्र धितालले गगन थापा नेपाली राजनितीको भविष्य हो भन्दै कार्यक्रम ऐतैहासिक र फलदायी हुने विश्वास गर्नु भयो। एन आर एन अन्तरराष्ट्रिय सवनवय परिषदका सद्स्य तथा जनसपर्क समितीका अमेरिकाका केन्द्रिय सल्लाहकार उत्तम कार्किले सो कार्यक्रम भव्य र सभाय हुनेमा शँका छैन भन्दै दाजु भाई दिदी बहिनिलाई उपस्थित हुन अनुरोध गर्नु भएको छ। सो कार्यक्रममा नेपाली जन संपर्क समितीका बरिष्ठ उपसभापती धनन्जय नरसिंह केसी, नेपाली काङ्रेस गोरखाका पुर्व सभापति भोज राज कंडेल, नेपाली काङ्ग्रेसका बरिष्ठ सदस्यहरु विध्या सागर योन्जन, निर्मल गौचन लगायत उल्लेख्य सन्ख्या मा उपस्थित हुनेमा आफू ढुक्क भएको आयोजक समितीका सचीव हरी भट्टले बताउनु भयो। सो कार्यक्रम २२२० पिड्मन्ट एभिन्यु बर्कलीमा बेलुका ठीक ५ बजे हुने बताईेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार