विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्ताव संबिधान अनुसार नभएको बताएका छन् ।प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संकल्प प्रस्ताव संबिधानविपरित भएको भन्दै संबिधानमा नभएको अभ्यास गरेर प्रदेश सभालाई अपवित्र नबनाउन आग्रह गरेका छन् ।उनले संबिधानको धारा अनुसार मात्र आफ्नो सरकार चल्ने बताउदै संकल्प प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । उनले प्रदेश सभामा अलमलाउनका लागि संकल्प प्रस्ताव ल्याएको बताउदै फिर्ता लिन अनुरोध गरेका छन् ।
एमालेसहितका नेताहरुले मार्ग प्रशस्त गर्न गरेको आग्रहलाई अस्वीकार गर्दै मुख्यमन्त्री कार्कीले आफु संबिधान अनुसार नै अगाडी बढ्ने बताए । उनले संकल्प प्रस्ताव पारित भएपनि नभए पनि आफु संबिधान अनुसार मात्र चल्ने स्पष्ट गरेका छन् ।मुख्यमन्त्री कार्कीले आफ्नो सम्बोधनमा प्रदेशलाई अनिश्चिततामा नलैजान आग्रह गर्दै सर्बदलीय सरकार बनाउन अपिल समेत गरेका छन् । उनले प्रदेशका सबै दललाई सहमतिको सर्बदलीय सरकार बनाउन समेत आग्रह गरेका छन् ।