काठमाडौं । नेकपा एमाले स्थायी कमिटि सदस्य एवं पूर्वमन्त्री भानुभक्त ढकालले पार्टीले उद्योगी व्यवसायीहरुलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघको पाँचौं केन्द्रीय कमिटि विस्तारित बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री ढकालले एमालेले उद्योगी व्यवसायीहरुलाई ‘क’ श्रेणीमा राखेको बताएका हुन् ।
उनले भने, ‘हामी उद्योग तथा व्यवसायी महासंघलाई अनुसूची १ मा नै राख्यौं । त्यसो गर्दा २९९ सम्म केन्द्रीय कमिटि बन्ने खालको वैधानिक व्यवस्था पनि भयो । अहिले जिल्ला र प्रदेशहरुको अधिवेशनमा प्रतिनिधित्व गर्ने सन्दर्भमा पनि अनुसूची १ का लाई प्राथमिकतामा राख्ने भनेपछि कँही पाँच मध्ये तीन कँही तीनमध्ये एक प्रतिनिधि यही क्षेत्रबाट समावेश गरिएका छन् । यसकारण सबै साथिहरुले स्मरण गर्न आवश्यक छ कि पार्टीले तपाइहरुलाई उच्च प्राथमिकतामा नै राखेको छ ।’
नेकपा एमाले निकट २३ वटा जनसंगठनमध्ये ९ वटा महासंघको अवधारणामा रहेको उल्लेख गर्दै ढकाललले सबै जन संगठनहरुमा कसरी एक रुपता ल्याउने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए । पार्टीमा आवद्ध रहेका द्धटकहरुका आधारमा पार्टीको आउँदो अधिवेशनमा प्रतिनधित्व गठराउन सके सम्मेलन समेत सहज र कम खर्चमै समापन गर्न सकिने उनको भनाइ थियो ।