आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एमालेको प्रतिनिधि परिषद्को बैठकमा देउवालाई निमन्त्रणा

शुक्रबार, बैशाख ७ २०८१

काठमाडौं । नेकपा एमालेले आफ्नो राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा अतिथिका रूपमा सहभागी हुन् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई निमन्त्रणा दिएको छ ।एमालेका सचिव योगेश भट्टराईले देउवाको बुढानीलकण्ठस्थित निवासमै पुगेर पार्टीको तर्फबाट निमन्त्रणा दिएका हुन् ।एमालेको प्रतिनिधि परिषद् बैठक गोदावरीस्थित सनराइज हलमा शनिबारबाट शुरु हुँदैछ । एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचित महाधिवेशन प्रतिनिधिहरू भेलामा सहभागी हुँदैछन् ।सो अवसरमा सचिव भट्टराईसँगै बुढानीलकण्ठका नगर प्रमुख मिठाराम अधिकारी, एमालेका काठमाडौँ जिल्ला अध्यक्ष दिपक निरौला, एमाले बुढानीलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोल र वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ समेत उपस्थित थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार