दोहा कतार । गण्डकी प्रदेश समन्वय परिषद कतार, मातहतमा रहेका सम्पुर्ण जिल्ला संस्थाहरुको संयुक्त आयोजना बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
हमाद हस्पिटलको हमाद ब्लड डोनर सेन्टर (Hamad Blood Donar Center) मा ८ मार्च २०२ ४ शुक्रबारका दिन “बृहत रक्तदान” कार्यक्रम सम्पन्न गरेको छ ।
बिहानको समय ८ बजे देखि मध्याह्न १२ बजे सम्म उक्त कार्यक्रम संचालन भएको थियो । रक्तदान कार्यक्रममा कतारमा स्थापित विभिन्न बैचारिक संघठन,जिल्ला संस्था, सामाजिक अभियान्ता, एनआरएनए,पत्रकार लगायत प्रदेशका विभिन्न व्याक्तित्व हरुको बाक्लो उपस्थिति रहेको थियो ।
एनआरएनए एनसिसिकतारका सचिव सन्तोष क्षेत्रीले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । “रक्तदान नै जीवनदान” भन्ने मुल नाराका साथ रगत अभावका कारण प्रवासमा कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा १ सय २५ जनाको उपस्तिथि रहेको थियो भने ५८ जनाले रक्तदानको लागि आफ्नो नाअम दर्ता गराएका थिए । बिबिध कारणले ११ जनाले रक्तदान गर्न नपाए पनि ४७ जनाले भने रक्तदान गरेको रक्तदाता संघ,कतारका अध्यक्ष राम जि खत्रीले बताए ।

यश कार्यक्रमको समन्वय सहजिकरण भने नेपाली रक्तदांता संघ कतारले गरेको थियो ।रक्तदान आफैमा एउटा पुण्यको काम हो, प्रत्यक्ष पुण्य कमाउनको लागी रक्तदान भन्दा ठुलो अर्को कुनै उपाय नभएको र पिडामा मृत्यसंग लडिरहेका मानिसहरुको जीवन रक्षा गर्नु हाम्रो कर्तब्य रहेको बताउदै गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेलले आफ्नो सानो सहयोगले बिपतमा परेकाहरुको जीवन रक्षा जस्तो मानवीय कार्य गर्न पाउनु आफैमा गौरवको कुरा रहेको बताउदै
रक्तदान गर्ने सम्पुर्ण दाता तथा सहभागीहरुलाई धन्यवाद ज्ञपन गरेका थिए । रक्तदान गर्ने सम्पुर्ण दाताहरुलाई अध्यक्ष पौडेलले ढाका टोपी लागाई सम्मान पत्र प्रदान गरेका थिए ।