दोहा । कतार एक्स्पोमा नेपाल नेसनल डे मनाईने भएको छ। नेपाली दूतावास कतारको आयोजना र नेपाल व्यवसायी संघ कतार साथै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्,कतारको सहआयोजनामा नेपाल नेसनल डे मनाईने भएको हो।
गत २ अक्टोबर २०२३ देखि सुरु भएको कतार एक्स्पोमा मार्च ८ गते शुक्रबारका दिन नेपाल नेसनल डे मनाईने कार्यक्रमका डेपुटी कमिस्नर जेनेरल कृष्ण पन्थीले जानकारी दिएका छन।
कार्यक्रममा नेपाललाई विश्वभर चिनाउन नेपाली संस्कृति, झल्काउने भेषभुषा,पहिरन, हलो, डोको, नाङलो र नेपाली संस्कृति झल्कने विभिन्न जातिहरुको झाँकीहरुको साथमा चौथो एनआरएन आईडलको बिजेताहरु रुस्तम तामाङ र निरु श्रेष्ठको साङितिक प्रस्तुति रहने पन्थीले जानकारी दिए।
कार्यक्रममा उपस्थितिका लागि कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ,पत्रकार, सामाजिक अभियन्ता, बुद्दिजिबि साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा आयोजकले अनुरोध गरेको छ।
हरियो मरुभुमी राम्रो वातावरणको नाराका साथ अल बिद्दा पार्कमा जारी आधुनिक कृषि सम्बन्धि एक्स्पो मध्यपूर्व तथा उत्तर अफ़्रिकि क्षेत्रमा नै पहिलो पटक कतारले आयोजना गरेको हो। एक्स्पो मार्च २८ सम्म चल्नेछ।