काठमाडौं । डेढ दशक अगाडि स्याङजाबाट रोजगारका लागि युएईको दुबई पुगेका रमेश श्रेष्ठले अहिले स्वदेश र विदेशमा व्यवसाय गरेर सयौंलाई रोजगार दिइरहेका छन । सन २००८ मा रोजगारका लगि दुबई पुगेका रमेश अहिले दुबईमा तीन ओटा कम्पनीका मालिक छन भने झण्डै १६० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन । दुबईमा उनले जिसिडी एचआर एन्ड म्यानेजमेन्ट कन्सल्ट्यान्सिज, जीसीडी क्लिनिङ कम्पनी र जीसीडी डक्युमेन्ट क्लियरेन्स कम्पनी रहेका छन । जहाँ रमेशले १६० जना भन्दा बढीलाई रोजगारी दिएका छन् । उनका अनुसार कम्पनीहरूमा नेपालीहरूलाई प्राथमिकताका साथ रोजगार दिने गरिन्छ ।
यस्तै जीसीडी ग्रुप अन्तर्गतको कतार अफिसमा १५ जना, युरोपका विभिन्न अफिसमा गरी १० जना र नेपालको जीसीडी वल्र्डवाइड प्रालिमा ३० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । स्वच्छ र पारदर्शी ढंगले व्यवसाय गर्नुपर्छ भन्ने मान्यताका साथ काम गरेका रमेशले अहिले युरोपमा नेपालीका लागि श्रमबजार खोजी रहेका छन भने हजारौलाई युरोप पठाईसके । रमेशले युरोपमा क्रोएसिया, बुल्गेरिया, माल्टा, हंगेरीलगायतमा कैयौँ नेपालीहरूलाई रोजगारीमा पठाइसकेका छन । उनको कम्पनी जीसीडी ग्रुप अफ कम्पनीजले विश्वको श्रम बजारमा दक्ष , अर्धदक्ष र अदक्ष कामदारसहित विभिन्न क्षेत्रका पेशाकर्मीहरूको आपूर्ति गराउने गर्छ । जीसीडीले विश्वभरका गरी साढे चार दर्जन कम्पनीहरूलाई आफ्नो सेवा दिइरहेको अध्यक्ष श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार जीसीडीका कम्पनीहरू यूएई, कतार, नेपाल, बंगलादेश, मलेसिया, भिएतनाम, श्रीलंकामा रहेका छन् । सम्बद्ध कम्पनीहरू भारत र पाकिस्तानमा समेत रहेका छन ।

आफ्ना ग्राहक कम्पनीहरूको परियोजनामा अल्पकालीन वा परियोजना पूरा भएसम्मका लागि चाहिने विभिन्न किसिमका श्रमशक्ति आपूर्ति जीसीडीले गर्ने गरेको छ । यूएईमा तेल तथा ग्यास निर्माण, सूचना प्रविधि, बन्दोबस्ती, सुविधा उपलब्ध गराउने, चालक, व्यवस्थापन तथा प्रशासकीय, अतिथिस्वागत, बैंक तथा वित्त र सुरक्षाको क्षेत्रमा चाहिने श्रमशक्ति उपलब्ध गराउने गरेको र गराएको कम्पनीले जनाएको छ । नेपालबाट पनि कम्पनीले यस्ता क्षेत्रमा श्रमशक्तिको आपूर्ति गरेको र गरिरहेको जनाएको छ । नेपालमा रहेको कम्पनी जीसीडी वल्र्डवाइड प्रालि, भारतमा एरिकसन इन्टरप्राइजेज, पाकिस्तानमा मावारीद इन्टरप्राइजेज, फिलिपिन्समा जोबस्टार इन्टरनेशनल म्यानपावर सर्भिसेज र अफ्रिकामा ग्रिनपेजेज डाइनामिक वर्ल्ड लिमिटेड रहेको छ ।
विश्व बजारमा श्रमशक्ति उपलब्ध गराउने कम्पनीका उद्यमी श्रेष्ठले नेपाली कामदारको माग आवश्यकताको आधारमा हुने बताए । अहिले पनि नेपालीहरूको माग सहनशीलता र लगनशीताका कारण ठुलो रहेको बताउँदै अध्यक्ष श्रेष्ठले यसका लागि नीतिगत सुधारको आवश्यकता औंल्याए । एनआरएनएका मध्यपूर्व उपसंयोजकको जिम्मेवारीमा रहेका श्रेष्ठ यसअघि एनआरएनए एनसीसी यूएईको विभिन्न पदमा रहेर नेतृत्वदायी भूमिका खेलिसकेका ब्यक्ति हुन । श्रेष्ठ नेपाल एसोसियसन(एनआरएनए) का अध्यक्ष रहँदा अत्यन्तै धेरै सामाजिक कार्यहरू गरेका ब्यक्ति मानिन्छन । श्रेष्ठ आफ्नो व्यवसायसँगै अतिरिक्त समय विभिन्न सामाजिक काममा ब्यस्त रहने गरेका छन् । एनआरएनए, श्रेष्ठ स्याङ्जा सेवा समाज यूएईलगायत विभिन्न सामाजिक संघस्थामा आबद्ध छन् । विभिन्न समयमा समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्दै आएका रमेशले अपांग र बालबालिकालाई सहयोग गरिरहेका छन् ।

जनसवाल राष्ट्रिय दैनिकको २०८० फागुन १६ गते बुधबारको इपेपर
https://epaper.janasawal.com/2024/02/28/8122/