आइतबार, माघ २१ २०८०
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) स्थापनापछिको दुई दशक भन्दा लामो यात्रामा रहंदै गर्दा गैर आवासिय नेपाली संघले निकै अवरोह आवरोह चिर्दै धेरै राम्राकार्य र सिमित मात्रमा कमजोरी हरु देखा पर्दै अहिलेको अवस्था सम्म आएको छ । बर्तमान अवस्था संस्थाको भविस्यको दृष्टिकोणले अत्यन्त नाजुक र दयनिय स्थितिको मोडमा उभिएको छ भन्दा सिमित मठादिस वाहेक संघमा आवद्द लाखौ सदस्य मुटु माथि ढुङ्गा राखी स्विकार गर्न विवस छन । प्राविधिक मठादिस र आफुलाई अब्बल बौद्दिक ठान्ने माहासयले त विगतमा भन्दा झन राम्रो गरेको भन्दै प्रसंसा गर्न पछी पारीरहनु भएको छैन । पछील्लो पटक सल्लाहकार र आइसिसी मनोनित सन्दर्भमा छरिएको विचारले यही प्रस्ट पार्दछ । निरासाका आवाजहरु बुलन्द हुँदै गर्दा त्यसलाई मत्थर बनाउन भन्दा घोर निरासातिर लैजाने कार्य किन गरिन्छ ? बरु बिद्दत्व संस्थालाई जोगाउन निरासालाई चिर्न किन प्रयोग गरिदैन ?
एक पटकको नेपाली सधैंको नेपाली भन्ने नाराको साथ नेपालीको लागि नेपाली भन्ने मुलमन्त्र राखेर सन २००३ मा स्थापित यस संस्थाको स्थापनाले देशको राजनैतीक सामाजिक आर्थिक अवस्था र रोजगारिको सिमितताले हरियो पास्पोर्ट बोकेर बिदेशिएका पहिलो पुस्तका नेपाली हरुमा अपनत्व र आत्मिय भाव सिर्जना गरी विश्वाभरी छरिएर रहेका नेपाली हरुलाई एउटै प्लेटफर्ममा उभ्याउने विदेशमा आफ्नो सास्कृतिक सामाजिक पहिचान स्थापना गर्न र स्वदेशमा आर्थिक लगानी भित्र्याएर नेपाल बिकासमा महत्वपूर्ण योगदान दिन सक्ने गैर नाफामुलक र गैर राजनैतीक संस्था स्थापनाले सवैमा खुशीको तरंग प्रधान गरेको थियो ।
संस्थाको गठनले बिदेसमा आफ्नो पहिचान खोज्ने हरु मात्रै हैन नेपाल सरकार पनि यसमा खुशी थियो त्यसैले त गैर आवासिय नेपाली संघको अधिबेसनमा नेपाल सरकार सहआयोजक बन्ने र राष्ट्रपतिले उद्घाटन गर्ने र सरकार प्रमुखले कार्यक्रम्को समापन गर्ने परम्परा रहेको थियो । त्यो परम्परालाई बर्तमान भेरो प्रक्ररणले तोडेको जग्जायर छ । देश विदेसमा रहेका सवै नागरिक र अभियानता हुन या परिषद मेम्बर झन २०७२ सालको भुकम्प र त्यसमा एनआरएनले खेलेको सहयोगको भूमिकाले नेपालका गाउ गाउमा गैर आवासिय नेपाली संघ थप लोकप्रिय उचाइमा पुग्ने अवसर प्राप्त गरेको थियो ।
संस्थाले स्थापनाकालदेखि नै अत्यन्तै योग्य र सवल नेतृत्व पाउँदै आइरहेको कुरा संस्थाको अभियानबाट छर्लंग हुन्छ । रसियाबाट सुरुआत गरिएको संस्थाको परिकल्पना अहिले विश्वका ८६ भन्दा बढी देशमा गठन भइसकेका छ । डा. उपेन्द्र महतोको पहिलो अध्यक्षबाट सुरु भएको अभियान सन २०१७ मा आउंदा, डा उपेन्द्र महतो, देवमान हिराचन, जिवा लामिछने, डा शेष घले र भवन भट्ट सम्म्म आइपुग्दा संस्थाले निकै काचुली फेर्यो तर शेष जिको दोस्रो कार्यकाल र भवन भट्ट्टले नेत्रित्व लिंदै गर्दा संस्था भित्र मन्मुटावका स्वरहरु सुनिन थाले तिनै मनमुटावका साना झिल्का हरुलाई समयमा बिधान संम्वत तरिकाले सन्वोधन गर्न नसक्दा आज त्यो सानो झिल्का भुसको आगो झै सल्केर संस्थालाई नै खरानी बनाउने सैलिमा राफिलो बन्दै गएको छ ।
संस्थागत राफिलो पन्लाई समयमा अव पनि तदारुकताका साथ गम्बिर भएर सम्बोधन गर्न नसक्ने हो भने आफ्नै रागले मरिच च्याउरिए झै अभियान्ता र परिषद सदस्य हरुकै रागले यो संस्था पनी च्याउरी पर्ने अवस्थामा छ यसतर्फ सवैको ध्यान जानुपर्दछ । संस्था आफैंमा अर्मुत हुन्छ, संस्था सँग जोडिएर आएका व्यक्तित्वहरुको योगदान र कार्यसम्पादनले संस्थाको मूर्तरुप दिने हो । स्थापना कालिन अवस्थामा संस्थालाई विस्वब्यापी रुपमा समेट्न गठन प्रकृयामा योग्दान र नेपालमा लगानीको बाटो खुलाउने काम गर्दै डा महतोले गैरआवासीय नेपालीलाई एउटा बाटोमा डोर्याउने काम गर्नुभएकै हो। हिराचनको जी को कार्यकालमा संस्था भित्र नितिगत सुदार र बिभिन्न टाक्सफोर्स बनाएर धेरै भन्दा धेरै नेपाली हरुलाई जोड्ने प्रयास भयो । जिवा जी को कार्यकालमा आएर संस्थाको दर्ता प्रकृया देखी देसमा लगानी भित्र्याउन कानुनी मान्यता दिने र सामुहिक लगानीको अवसर सिर्जना गरी देशको जलविदुतमा गैर आवासिय नेपालीहरुको लगानिमा संलग्नताको सुरुवात भयो । शेष घलेजीको दुई कार्यकाल लाई निहाल्ने हो भने पहिलो मा नेपालमा गएको भुकम्प पीडित हरुको राहत र उद्दारमा प्रत्यक्ष सन्लग्न हुँदै वारपाक बस्तिनिर्माण सम्मका कार्य भए जसले गैरआवासिय नेपालीसंघ लाई प्रत्यक्ष रुपमा नेपाल भित्रका नेपालीले बुझ्ने अवसर पाए । त्यती मात्रै हैन नेपालको पर्यटन बिकास, होटल ब्यवसायमा लगानी भित्रन थाल्यो त्यती मात्रै हैन संस्थागत सुदृढिकरण र भैपरी आउने बिभिन्न कोष निर्माण गरिए । संस्थाको भवन निर्माणको लागि जग्गा खरिद देखी निर्माणको प्रकृया सुरु भए यद्द्पी संस्थाको जग्गा खरिद विबादस्पद बन्यो । यि र यस्ता काम हरु गैर आवासिय नेपाली संघले आफ्नो छोटो समय अवधिमा गरेका उल्लेखनिय कार्य हरु हुन ।
शेषजीको अन्तिम कार्यकालमा उहाले ल्याउन खोज्नु भएको बियोन्ड २०२० ले संस्था वहसको बिषय वन्न गयो जसले संस्था धुर्वीकृत हुने संकेत २०१७ अक्टोबर सम्ममा देखीई सकेको थियो । अक्टोबरको सम्म्मेलन ले २०१७(१९ को कार्यकालमा अध्यक्षमा भवन भट्ट निर्वाचित भए पछी संस्थालाई एकता बद्द बनाउन उहाले सेतुको कार्य गर्न सक्नु भएन झन कर्मचारी पजनी देखी धेरै कुरा आए श्रमिक मैत्री एनआरएन आफ्नै कर्मचारीको लागि मैत्रि पूर्ण हुन सकेन । तत्कालिन आइसिसी सदस्यको भूमिकामा मैले संस्थाभित्र श्रमिकमैत्री भाव रहोस् भनेर धेरै आवाज उठाए सुनुवाई भएन संस्थाको विवाद पहिलो चोटि अदालत पुग्यो जित श्रमिककै पक्षमा भयो । संघ भित्र झ्याङिदै गएको विवाद २०१९/२१ कार्यकाल मा झन बडेर समयमा दशौ अधिवेसन हुन मात्रै सकेन ढिलो गरी भएको अधिबेसन मा पनि सवै समेटिन सकेनन शेष जी एकातिर अर्को तिर तीन अध्यक्षको चक्र्वर्ती कार्यकाल गरी टाल्टुल गरियो । यसरी सवल र सक्षम नेत्रित्वबाट अभियान सुरु गरिए पनि समय समयमा उठेका आवाज हरुलाई समयमानै सम्वोधन गर्न नसक्दा संस्था दिनदिन दुर्वल हुँदै गयो भने नेत्रित्व पंक्ति निरिह दुर्वल हुंदै सिमित घेरामा रमाएर जसरी हुन्छ नेतृत्वमा पुग्ने र फलानो डिस्कानो पद्ममा पुगे भन्नेर आँफै भित्र रमाउने पद्दतिको बिकास भयो । समाज चिनेका संस्थाको नेतित्वमा पुग्नु भन्दा समाज किनेका ब्यक्तीहरु नेत्रित्व पुग्ने लालची पनले नै आज एउटा राम्रो संस्था टुक्रा टुक्रा हुन पुगेको छ यसबाट सिमित व्यक्तिको स्वार्थत पुर्ती भयो होला तर करोडौ नेपाली हरुको मन दुखेको छ ।
गैर आवासिय नेपालीसंघले नेपाली हरुको मन जोड्दै गर्दा देशमा लगानिको बातावरण, सिपयुक्त दक्ष जनसक्तिको लागि बातावरण बनाउने,आर्थिक पार्दर्शिता तथा श्रमिक कल्याण तथा देश भित्रै स्वरोज्गार हुने बातावरण सिर्जना गर्नु थियो । तर आज संस्था ठ्याक्कै उल्टो गतिमा हिन्डेको छ त म भन्दिन पद्चाप त्यस्तै देखिन्छ । गैर आवासिय नेपाली संघको भुमिका प्रती हामीमा वर्तमानमा आसा जाग्नु पर्दथ्यो झन निरासा हुर्केको छ । राम्रो भन्दा हाम्रो भन्ने नेत्रित्वको लागि होडवाजी रुपी वादल मडारिन पुगेन संस्थामा खग्रास ग्रहण लाग्ने संकेत देखा पारीरहेको छ । जसरी आकाशमा प्रदुसणको कालो वादल मडारिन्छ बर्षा बाट दुसित कणहरु बर्षन्छन त्यसरिनै संस्था भित्र आर्थिक अपचलन कमिसन तन्त्रको वादल मडारिन पुग्यो । विष वर्षाको रुपमा कोरोना कालमा संस्थाले देशलाई सहयोग गरेको मेडिकल ईकुपमेन्ट देखी श्रमिक कल्याणको लागि भनेर अन्तरास्ट्रिय श्रमिक संगठन सँग गरिएको भनिएको आइएलओ कोष बर्षा स्वरुप वर्षियो र भेरोको रुपमा बिषको जन्म गराइ संस्थालाई आफ्नो स्वार्थ पुर्तिको रुपमा प्रयोग गरिने युक्ती निकालियो । आइएलओ कोष, भेरो कान्ड नै गैरआवासिय अभियानमा तुसरापात गर्ने भाईरस हुन । आइएलओ कोषमा मौलाएको विकृति विसङ्गति लाई चक्र्वात वनेर भेरो सेटिङ मार्फत एनआरएनको मौजुदा टिम २३/२५ कार्यकालको लागि प्राविधिक रुपमा घोषित गरेको स्पस्ट छ । त्यही टिमले, श्रमिकले एक एक गरी जोगाएको कोषमा गिद्दे नजर रुपी वाढि उर्लेको स्पस्ट एनआरएन सचिवालयको सहायक निर्देशक वन्दना शर्माको स्पस्ट लिखित अभिब्यक्ती बाट प्रस्ट हुन्छ ।
एनआरएनए वर्तमान निर्देशक जहाँ जहाँ पुग्दछन त्यहा त्यहा विवादस्पद हुन्छ आईएलओ परियोजनाको रकम ब्यापक हिनामिनामा संलग्न रहेको भन्ने कुरा कोरोना कालमा स्पस्ट नभएको हैन । आईएलओ परियोजनाको रकम ब्यापक हिनामिनामा संलग्न रहेका राउतलाई संघको निर्देशक बनाउनको पछाडि केसीजीको महत्वपूर्ण हातहुनु र अहिले आएर एनआरएनएको केन्द्रीय कार्यलालयकी सहायक निर्देशक बन्दना शर्माले गत महाधिबेशनका बेला सोल्टी होटेलमा र केहीदिन अघि केसी समुहले गरेको चन्द्रागिरी रिसोर्टको कार्यक्रममा खाएको रक्सीको बिलपास गर्न नमान्दा मानसिक तनाव दिने हर्कत वदनियत पूर्ण छ । यो सँस्थाको हितको लागि हुनै सक्दैन र असल नेत्रित्वले यस्तो हर्कत गर्नै सक्दैन यस्तो हर्कत लुटेरा हरुले मात्रै गर्दछ्न । यही हर्कत बाट पनि स्पस्ट हुन्छ टिम बिधी सम्वत नेतृत्वमा पुगेको हुँदै हैन छल कपट र ढांट बाट पुगेको प्रस्ट भएन र ? प्राविधिक रुपमा घोषित समितिको अध्यक्ष पानीमुनिको ओभानो छन भन्न सक्ने अवस्था झनै छैन स्पस्ट हुन्छ ब्यक्तिलाई प्रभाव पारी संस्थालाई दोहन गरी दाइने हात पनि मुखमा देब्रे हात पनि मुखमा पर्ने दाउ हो ।
वास्तवमा एनआरएनहरू देशभित्रै रोजगारीको व्यवस्था नभएपछि रोजगारीको खोजीमा विदेशिएका नेपालीहरूकै समूह हो । अधिकांश त्यति धेरै कमाई गर्नसमेत कठिन अरबको खाडी र अफ्रिकाको मरुभूमिमा गई परिवारको दैनिक जीवन गुजारा गराउनेहरु ‘ब्लु कलर’कै काममा केन्द्रित छन् । संस्थासंग आवद्दको आँखामा छारो हाले आच्छु खाँए वाच्छू खाए झुसे बारुलो भने झै नाथे एउटा कर्मचारी त्यो पनि महिला भनेर हेपेर लाखौंले एक एक गरी पसिनाको कमाइ वाट सँचित गरेको कोषमा दाई हाल्ने गिद्दे नजर स्पस्ट छ । यो गलत हर्कत नगर्न चेतावनी लाखौं एनआरएन मनहरुको रहेको छ । रात्रि भोजको आयोजना गर्दा मदिराको खर्च समेत संस्थाको कोषबाट तिर्ने निर्णय सहि होइन भन्ने अडान राखी बिलमा हस्ताक्षर गर्न अस्विकार गर्नु गलत कि तपाईं को प्राविधिक रुपमा गठित टिमको रवैया गलत हो डा. साव ?
अधिकांस श्रमिक हरुको पसिनाले लोतपोत भएको एक एक पैसा जसलाई सुङ्घ्ने हो भने पनि पसिनाको गन्ध आउछ । रात्रि भोजको आयोजना गर्दा मदिराको खर्च समेत संस्थाको कोषबाट तिर्ने निर्णय सहि हुँदैहैन र त्यसको बिरोध गर्ने कर्मचारीलाई गरेको सौताने व्यबहार देख्दा संस्थाका इमान्दार परिषद सदस्यलाई अत्यन्त दुख लाग्नु स्वभाविक हो । जसले जसरी खवरदारी गरे पनि ‘काग कराउँदै छ पिना सुक्दै जान्छ भन्दै विधी प्रकृया भन्दा वाहिर गएर आफ्ना आसेपासे लाई संस्थामा सदस्यको रुपमा मनोनित गर्ने र भजन मन्डली बनाएर चुरी फुरी गर्नु लाजको पसारो हो ।
भेरो पक्षधर केही डाक्टर, बैद्य र झारफुकवाद हरुको चंगुलमा पर्नुको दुसपरीणाम नै एनआरएन अभियानको चन्द्रगिरी माहात्म्य हो भन्नु र बुज्नुमा कुनै कन्जुस्याइ गर्नु पर्दैन । डाक्टर, बैद्य र झारफुकवाद नाइकेहरुलाई दुनियाँले कुरी कुरी गरे पनि उनिहरुलाई कुरी कुरी नलाग्नु भ्रष्ट मनोवृत्ति र दलाल प्रवृत्ति हो । भेरोको आडमा श्रमिकको पैसामा गिद्दे नजर पार्दै संस्थालाई दिनको दुई गुना रातको चौगुना कमजोर पार्दै विवाद्लाई वडाउन प्रसेय दिनु दुखको बिषय बनेको छ । संस्थाको मठादिस बनेर संस्था भित्र गरेको चुरिफुरिको अन्त्य गर्न नसके संस्था थियो अब रहेन बन्नु वाहेक केही रहंदैन । तसर्थ आम गैरआवासिय नेपालीसंघका अभियान्ता र परिषद मेम्बर हरुलाई भेरो संस्कृति र त्यहाबाट हरियो सिङ्नल पाएका हरुको निर्लज्ज गतिविधी को विरुद्द खवर्दारी गर्दै आसाको त्यन्द्रो जगाउन अनुरोध गर्दछु ।
भनिन्छ जो सँग जे छ जेको चाहना छ त्यही देख्छ समान ऊद्देश्य लिएर एउटै संस्थामा उभिदा पनि फरक मत हुनु स्वभाविक हो र समयको क्रममा संस्था सुद्रिढिकरण गर्दै लैजादा साना ठुला आरोह अबरोह हुनु स्वभाविक हो तर संस्थालाई सिमित ब्यक्तिको स्वार्थको मुट्ठी भित्र पार्नको लागि हरेक किसिमका हथकान्ड अप्नाउनु दुखको बिषय बनेको छ । यही स्वार्थलिप्त प्रविधी समाजलाई चिन्ने र नचिन्ने किन्ने र नकिन्ने, वेचिने र नवेचिने विचको लडाईंले पवित्र संस्थालाई अपवित्र तरिकाले नेत्रित्व गर्न खोज्नु समस्याको जड हो । भनिन्छ निर्मल नदिमा पौडेर निस्कंदा मान्छे निर्मल भएर निस्कन्छ चन्द्रागिरी माहात्म्याको टिमलाई म यतिनै भन्न चाह्न्छु तपाईंहरुको दावी तपाईंहरु निर्मल हो भने किन संस्थालाई थप दुर्गन्दित बनाउनु भएको छ ? सामाजिक अभियानमा छुट्याएको पैसामा किन गिद्दे दृष्टि त्यो पसिना लट्पटिएको पैसामा विभिन्न ब्रान्डका विस्की,वाइन हरु किन छर्कनु भएको छ ? आफ्नै कर्मचारी लाई किन काखा र पाखा, संघको पारीकल्पना र स्थापनकर्ता अग्रजहरुको भावना लाई ठेस पुर्याउने सैलिले किन मपाइत्तो र के संस्थाको स्थापना देखी अहिले सम्म थोपाथोपा गरी जोडीएको दानलाई सदुपयोग गर्ने कर्तब्य कर्मचारीको पनि हैन ? प्राप्त दानलाई जोगाउन हरेक कर्मचारीहरुको उतिकै भूमिका छैन र ?
लाखौं गैरआवासिय नेपालीको हातहरु मिलेर स्थापित भएको संस्था छल, कपट, ढाँट र प्रयोगवाद बाट चलाएर बिर्हत सँस्था हुन सक्दैन बरु संस्था एघारौ माहादिबेसनबाट थप खुम्चिएको छ । संस्थागत मान्यत लाई बिर्षिएर नेतृत्व चयनमा मात्रै संस्थालाई सिमित गर्ने प्रपन्च आँफैमा गलत धव्बा र बिडम्बनापूर्ण कुरा हो । छल, कपट र भेरोवादले नेत्रित्वमा पुग्ने लालयितले आज संस्थाकाहानेर छ फर्किएर हेर्ने कि कालो टिको बोकेर बस्ने ? संस्थागत पद्दतिमा पर्दा पछाडि रहेर संस्थालाई हुर्काउने बढाउने र संस्थाको अग्रपंतिमा रहेर कार्य गर्नु भएर पुर्व अवस्थामा रहनु हुने हरुले यसरी संस्था धुजापरेको देख्दा उहहरुको मन भित्र कती दर्द र खल्लो पनको आँदिबेरि चल्यो होला नेत्रित्व ले मनन गर्ने कि नगर्ने ? नेत्रित्वमा पुग्न गरिएको प्रपंच लाई साथ दिने हनुमान हरुको पृष्ठ पोसण गर्दै रक्षत्मक पँतिमा रहेको दिवा स्वप्ना देखेर बस्तैमा नेत्रित्व पुगेको भनेर गर्व गर्न मिल्छ ? याद रहोस त्यस्ता हनुमन हरुले समय समयमा गुँड वदलि रहन्छन यस्ता रङ् फेर्ने हरु बोकेर एनआरएन रुपी जहाज डु ब्छ अगाडि बड्न सक्दैन ।
दशौ महादिवेसन पछी बनेको त्रय नेत्रित्व कालमा मात्रै संसद्ले गैर आवासिय नेपाली संघ संवन्धि आवश्यक विधेयक पारित गरी एघारौ माहादिबेसन अघिनै व्यवहारमा अभ्यास हुँदै आएको छ, कानुनी रूपमा अस्पष्ट रहेको अचल सम्पत्तिमा समेत हकलाई सुरक्षित गरिसकेको छ देशले मागेको दिएको छ । अब देशका लागि दिने बेलामा सिमित घेरा भित्र रमाउने कि सवैको एनआरएन वनाएर देशको सम्म्रिद्दी यात्रामा सारथी वन्ने रु तसर्थ संविधान कार्यान्वयनसँगै तुलनात्मक रूपले स्थिरतातर्फ लम्कन खोजेको नेपालको अवस्था अनुरूप आफ्नो कार्यशैलीमा बद्लाव ल्याई गरिएका वाचा र प्रतिबद्धता अनुरूप देश विकासको हिस्सेदार बन्न चुक्ने बाटो न अपनाउने र लाखौं गैरआवसिय नेपाली हरुको भावना माथि खेलवाड नगर्नु नै संस्थाको हितमा हुन्छ ज्ञात रहोस ।
अन्त्यमा एनआरएनका सन्वन्धमा अहिले जताततै निरासाका आवाज हरु छन यि निरासाका आवाज हरुलाई आसामा वदलेर पुन संस्थालाई पुर्वत एैतिहासिक उचाइमा पुर्याउनु आजको आवश्यकता हो । संस्थागत गतिविधी लाई यथास्थिती बाट उठाएर संस्थागत मुल्य मान्यता र उदेश्य अनुसार समय अनुकुल बनाउन्दै नयाँ उचाइमा नपुराउने हो भने लाखौं गैरआवासिय नेपाली र नेपालमा रहेका नेपाली हरुले समेत तपाईं हामीलाई सराप्दछन । अजै ढिलो भएको छैन वारवारे तिल जोगिन्छ र मार्गदर्सक बती हातामा लिएर अगाडि बढे अँध्यारो लामो समय टिक्दैन । जसरी पानी परे पछी आकाश खुल्छ त्यस्तै संस्थागत प्रकृयामा पनि भएका कमी कम्जोरी हरुलाई स्विकार गरी त्यसको सुधारको लागि जहाँ बाट अप्ट्यारो परेको छ त्यही बिन्दुमा आएर संस्थागत प्रकृया लाई सुचारु गरेर अगाडि बड्ने हो भने सवै गैरआवसिय संघमा आवद्द साथीहरुको आशा विश्वासको विजय हुन्छ र संस्थागत भसिस्य सुनिस्चित हुन्छ भलाई यसैमा छ । यदि लाखौं एनआरएनएको भावनालाई भुलेर वा कुल्चिएर एनआरएनए देशबिकासको हिस्सेदार बाट चुक्ने कार्यगरे एनआरएनएको ईतिहासमा एक अत्याचार हुने छ । यो ईतिहास रच्ने बेला हो अत्याचार गर्ने बेला हैन संस्था बिघटन हुन सक्ने सम्मको अत्याचार नगर्न अनुरोध गर्दछु ।
जय एनआरएनए
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij