कतार,आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस । १९८५ देखि हरेक वर्ष डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघले स्वयंसेवक दिवस मनाउने गर्दछ ।
यद्यपि नेपालमा १९२७ सालदेखि समाज सेवाको काम सुरु भएको मानिन्छ । त्यसअघि विभिन्न गुठीको माध्यमबाट सामूहिक हितका लागि विभिन्न काम हुँदै आएको थियो । त्यसबेलाको पारम्परिक चलनअनुसार अहिले पनि भूकम्प, बाढी–पहिरो र अरु प्राकृतिक र मानवीय विपत्तिमा आउँदा स्वयंसेवकको ठूलो भूमिका रहँदै आएको छ । यस वर्षपनि कर्मथलो कतार लगायत सदस्य राष्ट्रहरुले तथा संसारभरि नै विभिन्न कार्यक्रम गरेर स्वयंसेवक दिवस मनाउने चलन रहिआएको छ।कतारमा कतार भोलेन्टरी सेन्टर ,कतार रेड कृसियन्ट,कतार च्यारीटी,अल शकफ,अल फजा (ह्युमानिटी विथआउट बोर्डर,वहाब,QDA,DEAP Qatar,Qatar Animal Welfare Society (QAWS) EAA लगायत दर्जनौं संस्थाहरुले स्वयंसेवकको महान कार्य गर्दै आएका छन।कतारले आफ्नो पृथक कार्यविधि बनाएर यसकार्यलाई निकै प्रोत्साहन गरेको छ।यहाँ विभिन्न क्षेत्रमा स्वयंसेवकको रुपमा आप्रवासीहरुलाई समावेश गरिएको छ।कतारमा स्वयंसेवकका अवसरहरू विविध छन् जसमा बाल हेरचाह वृद्ध हेरचाह,शिक्षा र प्रशिक्षणको काम, मनोसामाजिक सहयोग, स्वास्थ्य सचेतना, पर्यावरण संरक्षण, बिपत राहत,आर्थिक विकास,तथा कला धर्म संस्कृति जस्ता क्षेत्रहरूको विस्तृत दायरा समावेश गरिएको छ।
कतारी सरकारले पनि यस महान र पुण्य कार्यमा सहभागी हुन चाहने संस्था र व्यक्तिहरूलाई आवश्यक पूर्वाधार र सहयोग प्रदान गरेर स्वयंसेवकको कार्यलाई बढावा दिन्छ।यहाँ वर्षभरि धेरै स्वयंसेवक कार्यक्रमहरू तथा अवसरहरुको आयोजना गरिन्छ। जसले गर्दा यहाँ रहेकाहरु बीच जागरूकता र सामुदायिक सहभागिता अभिवृद्धि गर्न योगदान पुर्याउँदै आएको छ।कतारले व्यक्तिगत र सामाजिक सीपहरू विकास गर्ने, नयाँ सम्बन्धहरू निर्माण गर्ने, र सामुदायिक सम्बन्धलाई सुदृढ गर्ने अवसरहरूबाट फाइदा उठाउन सबैलाई उत्प्रेरित गर्दै आएको छ।म आफै पनि बिगत लामो समयदेखि कतारमा यस क्षेत्र संग आबद्ध रहिआएको छु।
कतार मा स्वयंसेवक काम को महत्व:
कतारमा धेरै तहमा स्वयम्सेवा कार्यको ठूलो महत्त्व छ। यसले समुदायको सहभागिता बढाउन, समुदायका सदस्यहरूबीच दिने र सहयोग गर्ने भावना बढाउन, जीवनको गुणस्तर सुधार गर्न, सामुदायिक चेतनाको स्तर बढाउन, र सांस्कृतिक र संरक्षण गर्न योगदान पुर्याउँने विश्वास कतारले लिएको छु जुन प्रत्यक्ष रुपमा पनि सहजै देख्न पाइन्छ।
हुन त समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वयंसेवकहरुको ठूलो भूमिका हुन्छ।सेवाको मुख्य अर्थ नै स्वयंसेवा हो।मुख्यतःप्रवासमा र विशेष गरि कर्मथलो कतारमा रहेर निस्वार्थ भावनाले सेवा गर्दै आउनु भएका दिदिबहिनी दाजुभाइ महिला पुरुष सबैमा यस महान कार्यको निम्ति थप उर्जा र उत्साहको कामना गर्दै शुभकामना अर्पण गर्दछु।आज अर्को संयोग पनि हो जो विशेषगरि जन्मभूमि नेपाल संग सरोकार राख्दछ।आजै विश्व माटो दिवसको पनि अवसर हो।माटो हाम्रो उत्पत्तिको सार हो भन्ने कुरा मानवजातीले कहिल्यै बिर्सनु हुँदैन।यसको प्रयोग र उपयोग तर्फ केन्द्रित रहि राज्यद्वारा थप कार्यक्रम एवं योजना ल्याउनु आजको आवश्यकता रहेको यसका वीज्ञहरु बताउँछन।
स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापनसम्बन्धी जनजागरुकता फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउँदै आएको छ ।
थाइल्याण्डका राजा भूमिबोल अडुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात् ५ डिसेम्बरमा मनाउन थालिएको हो । जमिनमुनिको पानी, कार्बनको भण्डार र वायुमण्डलमा हुने थुप्रै ग्यासहरुलाई स्वच्छ पार्न स्वच्छ माटोको आवश्यकता पर्ने विज्ञहरुको भनाइ छ ।यस दिनको पनि सबैमा हार्दिक शुभकामना छ।