zestkhabar

बुधबार, मंसिर १३ २०८०

  • बुधबार, मंसिर १३ २०८०
Janasawal - एमालेका एघार सय स्वयमसेवक भूकम्पप्रभावित क्षेत्रमा

एमालेका एघार सय स्वयमसेवक भूकम्पप्रभावित क्षेत्रमा

एमालेका एघार सय स्वयमसेवक भूकम्पप्रभावित क्षेत्रमा


  • जनसवाल
  • सोमबार, मंसिर ४ २०८०
722
SHARES

काठमाडौँ(जस)–नेकपा (एमाले) का एक हजार एकसय स्वयमसेवक भूकम्प प्रभावित क्षेत्र पठाएको छ । एमालेले भूकम्पपीडितको पुनःस्थापना र पुनःनिर्माणमा सहयोग गर्ने स्वयमसेवकको टोली आइतबार भूकम्प प्रभावित क्षेत्र काठमाडौँबाट प्रस्थान गरेको एमाले केन्द्रीय सदस्य तथा उक्त अभियानका संयोजक संयोजक किरण पौडेलले जानकारी दिए ।
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएपछि जाजरकोट र रुकुमपश्चिमका अधिकांश नागरिक घरबाहिर रहेको अवस्थामा पुनःस्थापना र पुनःनिर्माणमा सहयोग गर्ने उद्देश्यले एमालले उक्त टोली पठाएको हो । पार्टी केन्द्रीय सदस्य किरण पौडेलको संयोजक रहेको टोलीलाई शनिबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्माण सामग्री हस्तान्तरण गरेर बिदाइ गरेका थिए ।
भूकम्पका कारण एकसय ५३ जनाको ज्यान गएको छ भने घाइतेको उपचार भइरहेको छ । एक हजार एक सयको टोलीमा कामको विभाजन गरिएको छ । एक टोलीमा २५ जना रहने गरी ४० अलग–अलग टोली निर्माण गरिने र ४० टोलीले भूकम्प प्रभावित क्षेत्रका अलगअलग स्थान छनोट गरी पीडितहरुको पुनःस्थापना र घर टहरा पुनःनिर्माणमा सहयोग गर्ने बताइएको छ । उक्त टोलीले दुई साता काम गर्नेछ भने पुनःस्थापना र पुनःनिर्माण नसकिए आवश्यकताअनुसार समय बढाएर सहयोग गर्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट