zestkhabar

बुधबार, मंसिर १३ २०८०

  • बुधबार, मंसिर १३ २०८०
Janasawal - सामाजिक सञ्जाल, टिकटक र नेपाल सरकार

सामाजिक सञ्जाल, टिकटक र नेपाल सरकार

सामाजिक सञ्जाल, टिकटक र नेपाल सरकार


  • जनसवाल
  • मंगलबार, कार्तिक २८ २०८०
3.2K
SHARES

विमल सुबेदी,कतार -सामान्यतय मानिसलाई अत्यावस्यक चिज के हो भनेर सोधियो भने धेरैले सहजै उत्तर दिने बिषय भनेको गास, वास, कपास हो । गास, वास कपास भन्ने भनाइ अब पुरानो भै सकेको छ गास वास कपासमा अब सोसियल मिडिया नजोड्ने हो भने मानविय जीवन अपुरो हुन्छ । सकृय जीवनमा मनिसले एक छाक खान छोड्ला बरु तर सामाजिक सन्जाल बाट ऊ टाढा हुन सक्दैन, सामाजिक सन्जालबाट एक छिन टाढा रहनु पर्दा अहिलेको नयाँ पुस्तामा अनेक किसिमको चिच्याह्टका साथै के नपुगे नपुगे जस्तो हुन्छ । कसैको घरमा पाउना भएर जाने बितिकै भेट्घाटमा पहिला सन्चो बिसन्चो जस्ता बिषयले प्राथमिकता पाउथे अहिले त्यो रुप फेरिएको छ जाने बितिकै वाइफाइ पास्वोर्ड माग्ने गरिन्छ यदी यस्तो सुविधा छैन भने अधिकांशको मन मनसाय जती सक्दो भेट्घाट टुङ्याग्याएर छिटो फर्कने हुन्छ यो तितो यथार्थ हो । पछील्लो समयमा सोसियल मिडियाको क्रेजले घरमा इन्टरनेट वा वाइ फाइ छैन भने समाजबाट हेयको दृष्‍टिले हेरिन्छ कि भन्ने डर अभिभाबक हरुमा पर्न गएको छ ।
सामाजिक सन्जालले विश्वलाई यसरी साँघुराइ दिएको छ विश्वमा घटेको घटना हरुको फेरिहस्ते क्षण भरमा संसार भर धुंहासरी फैलन्छ त्यती मात्रा हैन सोसियल मेडियाको सहि प्रयोग भएमा मनिषले धेरै कुरा सिक्न सकेको छ भने कतिपयको आम्दानिको मुख्य श्रोत पनि सोसियल मिडिया बनेको छ सोसियल मिडियाको सहि सदुपयोग गर्न सकेमा । त्यती मात्रै हैन सोसियल मिडियाको माध्यम बाट विश्वका बिभिन्न ठाउँ भाषा सस्कृती रिती रिवाज परम्परा मानविय चालचलन तथा कला बारे सिक्न बुज्न र जान्न सजिलो भएको छ । सामाजिक सन्जालले बर्तमान अवस्थामा हाम्रो जस्तो श्रम निर्यायत गर्ने देशमा अधिकाम्स घरमा एकल परिवार रहेका हुन्छन र तिनिहरुको दैनिकी गजार्ने सारथी सामाजिक सन्जाल नवनेको पनि हैन । बिकटगाउ गाउका प्रतिभा लाई मोफसलमा ल्याएर प्रतिभा प्रस्फुटन गराउन मद्दत गराउने देखी नेपालको दुर्गमा गाउंमा बसेका हजुरवा हजुरआमा लाई विश्वका सक्ती सम्पन्न राष्ट्रमा बसेका नाती नातिनाको आवाज सुन्ने र देखासिकी गर्दा गर्दै भाईरल हुने अवस्थाको सिर्जना गर्ने अवसर सोसियल मिडियाले दिएको छ ।
सामाजिक सन्जालले कम्जोर आर्थिक अवस्थाका कारण पिडा दु:खमा रहेका, क्षमता भएर पनि अबसर प्राप्त नभएका हरुको लागि अबसर सिर्जना गर्न सकेको छ भने दिर्ग रोग लागेर खर्चको अभाबमा उपचार गराउन नसक्ने परिवारको लागि आर्थिक सन्कलन र उपचारमा सहयोगी मन हरु जुटेर सहयोग गर्ने पारीपाटिको बिकास पनि भएको छ । सोसियल मिडिया भित्र फेस्बुक, भाईबर, व्हाटसप, टिक्टक, इन्स्ट्राग्राम लगायत विभिन्न सन्जाल हरु रहेका छन । यि सन्जालहरु इन्टर्नेटको माध्यमबाट मनिसहरुले आफ्नो इछा अनुसार प्रयोग गर्दै आएका छन जसले गर्दा मनिस हरु शोक चिन्तामा परेका मनिसको पिडा काम गर्ने डीप्रेसन मा पुगेका देखी मानवता समेत नभएका हरुले समेत प्रयोग गरी आफुमा सुधार गर्ने अब्सर प्राप्त गरेका छन भने धेरै गुण हुँदा हुँदै पनि केही अपवाद वाहेक टिकटक जस्ता सोसियल मिडिया वाट गुण भन्दा अवगुण धेरै देखिन पुगेका छन जसका कारण समाजमा विक्रिती विसंगतीहरु फैलन पुगेका मात्रै छैनन सन्वन्धित निकायको टाउको दुखाइको माध्यम वनेको छ । अर्काको रितिरिवाज र नक्कल गर्दा आफ्नो रितिरिवाज र रहन सहन, चालचलन, कला, संस्कृति मात्रै हैन चर्चित हुने लोभमा प्रयोगकर्ताले ब्यक्तिगत स्वयमको मर्यादालाई भुलेर सामाजिक सद्‍भाव र व्यक्तिगत धृणा फैलाउने माध्यमको रुपमा दुरुपयोग गरेका छैनन भन्ने कुनै आधार छैनन । विश्वलाई एउटै घर परिवारजस्तो बनएको सोसियल मिडियाले टाढाका लाई जोडने तर आफ्ना आफन्त नजिक लाई तोड्ने काम सोसियल मिडियाको पहिलो वेफाईदा हो । एकै परिवारमा रहेका हरु पनि सोसियल मिडियामा घण्टौ घोरिने तर पारिवारिक आत्मिय गफ सरसल्ल्हा भन्दा मोबाइल ल्याप्टप का डिभाइस मा टिक्टक जोडेर अरु भन्दा राम्रो भाइरल हुने चाहना मा बिभिन्न बिसंगती र विकृतिको वढवा हुँदै गएर घर परिवार समेत भाडिएको तितो यथर्था नभएको हैन ।
नेपाल सरकारको मन्त्री परिषद को बैठकले आज गरेको टिक्टक बन्द गर्ने निर्णयले समाज तरङित भएको छ तरङित समाजमा अहिले बहसको बिषय भनेको छ । टिकटक जस्तो सोसियल मिडिया बन्द गर्नु सहि हो या गलत भन्ने बिषयमा धेरैको मत वाजिएको देखिन्छ देखिनु पनि स्वभाविक हो किनकी सहि प्रयोग कर्तालाई असर परेको छ भने गैर जिमेवार पूर्ण तरिकाले चलाऊने हरुले समाजलाई असर गरेको छ । पछील्लो चराणमा सामाजिक सन्जालका बिभिन्न माध्यमहरु मध्ये टिक्टक नै यस्तो सोसियल मिडिया बनेको छ जसको माध्यम बाट साइवर सम्बन्धी अपराधी घटना बढेको बिक्रिती बिसंगती बढेको भनेर धेरै देश गम्बिर चिन्तन्मा छन र केही देश्ले टिक्टक्लाई प्रतिवन्ध लगाइ सकेका छन भने केही देश्ले पर्ख र हेरको स्थितिमा छन । आफुलाई विज्ञानको चम्त्कारी समेत कावुमा राख्छु भन्ने देश हरु टिक्टक बाट ससँकित नभएका भने छैनन तिनै देश हरुले कार्यमा अबरोध गरेको कारण देखाएर सरकारी निकायका अपिसहरुमा टिक्टक लाई प्रतिवन्ध लगाइ सकेका छन । टिकटकको सुरुवात भएको लगभग पाँच बर्ष पुग्न लागेको छ यो अवधिमा अधिकाम्स अपराधीक किसिमका उजिरिका घटना हरु टिक्टक सँग सम्बन्धित भएको हरेक देशको रिपोर्ट मा देखिएको छ भने नेपाल जस्तो देसले टिकटकिय गतिविधी लाई देखेर नेपाल सरकार चनाखो हुन खोज्नु आँफैमा नराम्रो स्टेप हैन । कतिपयको भाव मनिषाको स्वतन्त्रताको अधिकार कुन्ठित भयो भन्ने पनि छ स्वतन्त्रता लाई प्रयोग गर्दै गर्दा सामाजिक मुल्य र मर्यादाको ख्याल पनि गर्नु पर्दछ हैन र ?
पछील्लो समयमा सोसियल मिडिया मध्येमा बढी प्रयोग मात्रै हैन बढी दुरुपायोग गर्न हुने र रोक्न नसकिने सोसियल मिडिया टिक्टक हो भन्दा अत्युक्ती हुँदैन । टिक्टक सोसियल मिडियाको लत यती बढेको छ कि मनिसले आफ्नो चिन्तन मनन र सिर्जनशिल कार्य भुल्दै गएर अरुको नक्कल गर्ने र आफ्नो संस्क्रिती सन्स्कार संग रमाउनु भन्दा मेसिन सँग रमाउने प्रविधी केपौड, केयुवा के बालबालिका सवैलाई यसले क्रेजी बनाएको छ । सोसियल मिडियामा आज जानी नजानी फोटो भिडियो अप्लोड गर्ने त्यसमा लाइक कमेन्ट गर्ने लाइक कमेन्ट नगरेकै भरमा आत्मियजन र मित्रहरुलाई फाइन्ड सिप बाट हटाउने देखी फलानोले फलानोलाई कमेन्ट गर्‍यो मेरोमा गरेन भनेर मन मनै उस प्रती घ्रिणाको भाव पाल्ने जस्ता प्रविती वड्दै जाँदा समाज बाट तिरस्क्रित हुने डरले चाहेर वा नचाएर पनि लाइक कमेन्ट गर्न पर्ने अवस्था सिर्जना भएको छ । सोसियल मिडियामा यदी पोस्ट नगर्ने हो भने त्यो व्यक्तिलाई नजानेको पाखे वा गवार भनेर तिरस्क्रित गर्ने यो सोसियल मिडियाको सदुपयोग हैन दुरुपायोग हो ।
सोसियल मिडिया टिक्टक मा भिडियो वनाएर पोस्ट गर्ने र लाइक कमेन्ट कती आयो हेर्ने र रमाउने होड छ भने अर्को तिर यसरी फोटो भोडियो अप्लोड गर्दा वा टिक्टक मार्फत भिडियो भनाएर राख्दा सर्सर्ती हेर्दा प्रयोग कर्ता बाट पैसा खर्च नभएको देखिएको भए पनि यो बापतको डलर नेपाल सरकार बाट वाहिरेको वाहिरियै छ यसले हाम्रो बिदेशी मुद्राको संचिती कन्ट्रोल गर्न नसकिने सैलिले घटेको हुन्छ । हाम्रो जस्तो रेमिटेन्समा बैदेशिक मुद्द्राको भरपर्नु पर्ने देश्ले टिक्टक जस्ता मिडियामा भएका भिडिओ अप्लोड त्यो मार्फत पाउने उपहार हरुमा ठुलो धन्ररासी खर्च गरिरहेको छ । टिक्टकमा लाइभ वसेर लाइक कमेन्ट र फुल्को गुछा हान्ने हरुले घुमाउरो पारामा देशको पैसा बिदेश पलायन भै रहेको छ । उदाहरण कै लागि भन्ने हो भने ६ जनाको एक परिवारमा मोबाइलडाटा बाट सोसियल मिडिया चलाऊने गरिएको छ भने कम्तिमा त्यो परिवारमा ४ जनाले एउटै पोस्ट गर्दा मोबाइल्को डाटा खर्च हुन्छ त्यो एकै किसिम्को पोस्ट बाट पर्‍योग कर्तालाई आउने लाभ भनेको लाइक कमेन्ट र सेयर मात्रै हो भने राज्यले डलर मार्फत त्यो रकम भुक्तानी गर्नु पर्दछ यो राज्यको लागि ठुलो दाइत्व भएन र अज टिक्टक सन्चालन गर्दा धेरै डाटा खपत हुन जान्छ ।
पछील्लो समयमा समन्य देशको आर्थिक दृष्‍टिकोण सामाजिक मुल्य र मान्यता देश भित्र शान्ती सुरक्षा कायम राख्न कहिन कही कतै न कतै टिकटक जस्ता सोसियल मिडिया हरु हरेक देशको लागि चिन्ताको बिषय बनेको छ । विश्वामानै अधिकाम्स साइवर क्राइम हरु टिक्टक सँग जोडीएर आएको टिक्टक मार्फत फेक आइडी बनाएर मन्नपरेको मान्छेको बद्नाम वा चरित्र हत्या गर्न समाजमा अस्लीलता वढाउन सक्ने र त्यस्ता सामाग्री लाई स्वतह हटाउन पनि नसकिने अवस्था र विश्वमा धेरै जसो देश्ले बिस्तारै टिक्टक्लाई बन्द गराउन्दै आएको अवस्थामा टिक्टक लाई बन्द गराउने नेपाल सरकारको निर्णय स्वागत योग्य छ । यस बाट इमान्दार सामाजिक मर्यादा कायम गरेर आफ्ना ब्यबसायिक योजना सिर्जनाहरु श्रोतामाज पुर्याउनु हुने ब्यक्ती हरुमा पर्न गएको असरवारे भने सरकार चनाखो हुनु पर्दछ उनिहरुको बैक्ल्पिक आयोको श्रोत बारे सोचिनु पर्दछ । टिक्टक्मा देखिएका कम्जोरी हरुलाई ब्य्बस्थित गर्न सक्ने गरी पारीमार्जित भएको खन्डमा पुन सन्चालन हुन सक्ने गरी बन्द होस भन्ने सुजाब दिन चाहन्छु । धन्यवाद
विमल सुबेदी
कतार

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट