सुरेश भट्ट आश्रिन दोहा,नेपालीहरूको महान दोस्रो ठुलो रंगिन पर्व तिहारले गाउँसहर र विदेशमा बस्ने नेपालीहरूलाई लाई छोपिसकेको छ। तिहार फूलै-फूलको पर्व पनि हो। ब्यबसायी फूलखेती गर्दै आएका फूल किसानलाई अहिले फूल टिप्न भ्याइ नभ्याइ छ।
नेपालमै फूल उत्पादनको सम्भावना भए पनि तिहारका समयमा भारत र अन्य देशबाट प्राकृतिक फूल र कृत्रिम फूल आयात हुन छाडेको छैन। चाडबाढमा प्रयोग हुने मखमली र सयपत्री फूलखेतीलाई थप विस्तार गर्न र कृषकलाई फूलमा आत्मनिर्भर बनाउन पहिलो पटक नेपालबाट ब्यबसायीक रूपमा सुदान फ्लावरले कतारमा सयपत्री र मखमली फूल भित्र्याएको हो ।
विदेशमा पनि फूलको बजार र आम्दानीको सम्भावना प्रशस्तै भएको र नेपाल बाहिरको मिनी नेपालमा बस्ने नेपालीलाई नेपाली फूल प्रयोगमा ल्याउन लक्षित गर्दै स्वदेशी उत्पादनलाई विदेशी बजारमा पुर्याउन तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकामा सामूहिक व्यावसायिक फूलखेती गरेका याञ्चोक आमा समूह र आँधीमूल आमा समूहले मित्रता मावि परिसरमा करिब २६ रोपनी क्षेत्रफलमा गरेका व्यावसायिक फूल खेतीलाई अन्तर्राष्ट्रियकरण गर्दै कतारको बजारमा ल्याईपुर्याएको अम्बिका पौडेल बताउँछन्।
दोहाको रिजेन्सी मार्केटमा रहेको सुदान फ्लावर पसलले दीपावलीको दिनबाट विक्री वितरण सुरू हुनेगरी सयपत्री फूल कतारमा भित्र्याएको हो । फूलको साइज अनुसार १ मिटरको मालाको बजार मूल्य २५ देखी ३० रियाल कायम गरिएको सुदान फ्लावरका मालिक कविन्द्र कँडेलले बताए।
तिहारलाई मात्र लक्षित नभएर अन्य समयमा समेत नेपाली फूलखेतीलाई निरन्तरता दिने उनको योजना छ। उनले भने ‘कतारमा हुने विभिन्न कार्यक्रममा समेत फूलको प्रयोग गर्ने हो भने नेपालमा उत्पाद भएका फूलखेती किसानलाई टेवा पुग्ने र नेपालमै बस्ने दिर्घकालिन योजना किसानहरूले बुन्ने थिए विस्थापित भएर विदेश हिड्न पर्ने थिएन।