काठमाडौं , नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखी सुरु भएको छ । तिहारको पहिलो दिन आज काग तिहारको अवसरमा देशैभर कागको पुजा गर्नुका साथै काठमाडौँको रत्नपार्कमा काग सम्मेलन गरिएको छ । १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने अदभुत कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन सम्पन्न गरेका हुन ।
राष्ट्रिय सङ्गीतकर्मी संघले आयोजना गरेको काग सम्मेलन शनिवार बिहान ६ बजे गरिएको थियो । करिब ४० मिनेटसम्म उनले कागलाई रत्नपार्कबाट बोलाएका थिए र सयौं काग एकै ठाउँमा झुम्मिएका थिए । रत्नपार्कको आकाशमा कागै काग ऊडेपछी हेर्ने हरुको भिड लागेको थियो ।दुलालले बिगत १९ बर्षदेखी यसरी नै बिभिन्न ठाउँमा प्रत्यक बर्ष काग सम्मेलन गर्दै आएका थिए । बिशेषगरी तिहारको परम्परालाई जोगाई राखौं र सकारात्मक सन्देश दिऊँ भन्ने ऊद्देश्यले यो काग सम्मेलन आयोजना गरेको दुलालले बताए । काग सम्मेलन कर्ता कलाकार दुलालले काग सम्मेलन संपन्न गर्न आ आफ्नो क्षेत्रबाट योगदान दिने सबैलाई धन्यवाद ब्यक्त गरे ।
यो रत्नपार्क क्षेत्रमा पहिलेका बर्षहरुमा जस्तो अहिले कागको संख्या छैन । यो ठाउँमा सुरुसुरुमा निकै काग हुने गर्थे, अहिले कमि आएको छ ।’
दुलालले काग सम्मेलन पहिलो बर्ष पश्चिम धनगढीबाट सुरु गरेका थिए । दाङ र ईलाममा केहि बर्ष काग सम्मेलन गरेपछि उनले काठमाडौंमा गर्न थालेका हुन । आफूले सपनामा काग कराएको देखेपछि बिपनामा पनि काग कराउन थालेको र प्रत्येक बर्ष काग तिहारमा काग जम्मा पार्ने गरेको उनले बताए । कागले शुभ र अशुभ खबर ल्याउने दुलाल बताउछन । कागलाई शुभ खबरले बोलाउँदा आउँदैन र अशुभ खबरले बोलाउँदा आउँछ । उसको भाषा बुझेर बोलाउनु पर्छ तेसपछी मात्रै आउने उनी बताउछन ।
यसबर्षको काग सम्मेलनमा पहिलेको जस्तो कागको संख्या नभएको आयोजक संस्था राष्ट्रिय सङ्गीतकर्मी संघका कार्यबाहक अध्यक्ष प्रकाश कटुवाल बताउँछन । उनी भन्छन्, ‘हामीपनि बिगत लामो समयदेखी दुलालसँगै सहकार्य गरिरहेका छौं । कागको संख्यामा कमि आएको अनुभूति गरेको कटुवालले बताए । यसबर्ष ह्याम्स हस्पिटल काठमाडौं र सन्दकपुर गाउँपालिका इलामले कार्यक्रमको सह आयोजना गरेको थियो । साथै एसियाना गजल रेष्टुरेन्ट दोहाको मुख्य प्रायोजन, ओशियन ब्राइट, शान्ति तथा ग्रामिण विकास केन्द्र (सिपाई), टप राजधानी रोधी क्लब, ओम तन्दुरी र होराईजन स्पाको सह प्रायोजन रहेको छ । मिडिया पार्टनरमा जनसवाल रास्ट्रिय दैनिक र आर्टिस्ट खबर रहेका छन ।
दुलालले कागबाहेक मुखैले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको दुलालले बताए । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा पनि रहेको छ ।





