आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएनए कुवेतमा पुन: रणध्वज लामाको अध्यक्षतामा नयाँ कार्यसमिति,उपाध्यक्ष आरके शर्माद्वारा आइसिसि नेतृत्वको माग

शनिबार, साउन ६ २०८०

कुवेत,गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद(एनआरएनए) कुवेतको ८ औं राष्ट्रिय महाधिवेशनले पुन रणध्वज लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उक्त अधिवेसनले आइसीसी सदस्यमा हरि लावती, वरिष्ठ उपाध्यक्षमा मान बहादुर तामाङ र होम नाथ गिरि,महिला उपाध्यक्षमा रमिता तामाङ उपाध्यक्षमा मोहन राई ,दामोदर बटाला,बिकाश बहादुर सिंह,निरन्जन सिंह ठकुरी,महासचिवमा मनिश केसी, सचिवमा बिजय धामी,मन कुमार राई, कोषाध्यक्षमा सोनाम लामा, सह कोषाध्यक्षमा जिवन निरौला,युवा संयोजकमा आङ नोर्बु शेर्पा,महिला संयोजकमा सजिना गुरुङ युवा सह संयोजकमा छेनाम तामाङ,महिला सह संयोजकमा माया देवी राई पाण्डे र सदस्यहरुमा सुर्य कुमार लामा,दुर्गा कुमारी ओली,रुपक थापा,मोहम्मद आलम्गिर अन्सार, राजु पुन मगर, राजु धिमाल ,प्रकाश राई,उमेश राई,अशोक साह सोनार, लाल बहादुर सुनुवार, सुब्बा फ्युबा तामाङ , पेमा दोर्जे लामा,चित्र बहादुर थापा निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक
सुजन केसिले सार्वजनिक गरेका छन ।
दोस्रो पटक एनसीसी कुवेतको अध्यक्षमा निर्विरोध निर्वाचित भएका रणध्वज लामाको कार्यकालमा गैरआवासीय अभियान बलियो,एकताबद्ध भएर थप उचाइमा पुग्ने बताऊदै निर्वाचित कार्यसमितिका सबै पदाधिकारीलाई उपाध्यक्ष आरके शर्माले सफल कार्यकालको शुभकामना ब्तक्त गरेका छन । शर्माले गैर आवासीय नेपालीहरु धेरै रहेका देश मध्यपुर्व र मलेसियाले एनआरएनए स्थापना भएको २० वर्षसम्ममा पनि नेतृत्व नपाएको बताउदै अवको नेतृत्व मध्यपुर्वले पाउनुपर्ने दावी गरे । उनले आगामी कार्यकालको लागी मध्यपुर्व,मलेसिया,कोरियालगाएत देशका सबै एनआरएनए अग्रजहरु र अभियन्ताहरुले आफ्नो नाम शिफारिस गरेकाले एकपटक आफुलाई निर्विरोध अध्यक्ष बनाई मध्यपुर्व,मलेसिया,कोरियालगाएत देशमा रहेका ३० लाख गैरआवासीय नेपालीको सम्मान गर्न अनुरोध गरे । निर्विरोधमा सहमती नभएपनि मध्यपुर्वले निर्वाचनमै पर्तिस्पर्धा गरेरनै भए पनि अध्यक्ष लिएर छाड्ने बताए ।
महाअधिवेशनलाई भब्य तथा सफल पार्न एनआरएनए आईसिसिबाट आएका बिशिष्ठ अथितीहरू केन्द्रिय उपाध्यक्ष आरके शर्मा, केन्द्रीय युवा उपाध्यक्ष राज रेग्मी , केन्द्रीय सचिव प्रबिन गुरूङ , नेपाली दुताबास कुवेतका कार्यवाहक राजदूत रजनी राणालगायतले निर्विरोध निर्वाचित कार्यसमितीलाई बधाई तथा सफल कार्यकालको सुभकामना ब्यक्त गरेका थिए ।
महाधिवेसनबाट निर्वाचित भएपछी अध्यक्ष लामाले पुन दोस्रो कार्यकालको लागी आफूलाई निर्विरोध अध्यक्ष बनाएकोमा समस्त कुवेतवासी नेपालीलाई धन्यवाद ब्यक्त गर्दै अवको आईसिसि नेतृत्व मध्यपुर्वले पाउनुपर्ने माग गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार