काठमाडौं । यति बेला गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को धमाधम निर्वाचन सुरु भएको छ युरोपका कतिपय मुलुकमा र मध्यपूर्वको केही देश र एसिया-प्रशान्त क्षेत्रअन्तर्गत हङकङमा पनि निर्वाचन भइसकेको छ भने जापान ,दक्षिण कोरिया, चीन, मकाउ, मलेसिया लगायत देशहरु चुनावी प्रक्रियामा गैसकेको छ।
यसै सिलसिलामा गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियामा पनि निर्वाचनमा होमिसकेको छ। ४ हजार भन्दा बढी पञ्जिकृत सदस्य बनाएको कोरियाले ४ जना आई सि सि सदस्य निर्विरोध पाएको छ भने अन्य पदमा भने चुनाव हुने भएको छ।
अध्यक्षमा विपिन कुमार गुरुङ संजीव राई र बुद्दी गुरुङ भिड्ने भएका छन् भने बरिष्ठ उपाध्यक्षमा पार्वती मोक्तान र परी गुरुङ बीच भिडन्त हुनेछ त्यस्तै उपाध्यक्ष देखि युवा संयोजक सबैमा चुनाव हुने भएकाले कोरियामा चुनावी रौनक ह्वात्तै बढेको छ।
अध्यक्ष विपिन गुरुङको प्यानल अझै बलियो देखिएको छ किनकि उनको प्यानलमा कोरियामा दशकौ सामाजिक सेवामा लागेका व्यक्ति देखि , बुद्धिजीवी र उपल्लो तह सम्म पहुँच पुगेका ,नेपाल – कोरिया सम्बन्ध प्रगाढ बनाउन सक्ने खालको टीम बनेको कोरिया स्थित नेपालीहरु बताउँछन्। यद्यपि चुनावी परिणाम नआउन्जेल सम्म केही भन्न नसक्ने जानकारहरु बताउँछन्।
