शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एनआरएनए हङकङमा गोकर्ण ढकालको अध्यक्षतामा पुरै कार्यसमिती निर्विरोध निर्वाचित

सोमबार, साउन १ २०८०

हङकङ,गैरआवासीय नेपाली संघ(एनआरएनए) हङकङको अध्यक्षमा गोकर्ण प्रसाद ढकाल दोहोरिएका छन । आउँदो कार्यकालका लागि अध्यक्ष पदमा ढकालको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन ।
ढकाल यसअघि पनि सहमतिमै अध्यक्ष बनेका हुन ।
अध्यक्षसहित सवै पदमा दोहोरो उम्मेदवारी नपरेछि सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको हो ।
कार्यसमितीको उपाध्यक्षमा अनु राई र सन्तोष गुरूङ चयन भएका छन।
महासचिवको जिम्मेवारी डिल्लीराम विश्कर्माले पाएका छन भने सचिवमा मनोज सूर्यवंशी चुनिएका छन।

त्यस्तै, कोषाध्यक्षमा अर्जुन गौचन र सहकोषाध्यक्षमा रिना कनौजिया निर्वाचित भएका छन ।
ईन्दर पुर्जा पुनलाई युवा संयोजकमा निर्वाचित भएका छन भने महिला संयोजकमा कविता गुरुङ निर्विरोध भएकी छन ।

यसैगरी, कार्यसमिति सदस्यहरूमा विश्नाथ घिसिङ, मनिष लिम्बू, बर्दान गुरुङ, अशोक गुरुङ र मनोज गौतम चयन भएका छन । एनआरएनए हङकङको अधिवेशन २३ जुलाइमा हुँदैछ । अधिवेसनका लागी सम्पुर्ण तयारी सकिएको अध्यक्ष ढकालले बताए । दोस्रो कार्यकाल पनि निर्विरोध अध्यक्ष बनाएकोमा ढकालले समस्त हङकङवासी नेपालीलाई धन्यवाद दिएका छन ।
ढकाल ग्लोवल गोर्खा समाजको अध्यक्षलगाएत दर्जनौ सँस्थामा जोडिएर सामाजिक कार्यमा तल्लीन इमान्दार समाजसेविका रुपमा चिनिन्छन । आफ्नो सफलतापुर्वक पहिलो कार्यकाल संपन्न गरेका ढकालले दोस्रो कार्यकालमा अघिल्लो पटक छुटेका कामसँगै केही नयाँ काम गर्ने बताए ।
बोलिलाई भन्दा कामलाई बिश्वाष गर्ने ढकाल सफल र निर्विवादीत अध्यक्षका रुपमा चिनिन्छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार