शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एनआरएनए हंगेरीको प्रथम राष्ट्रिय महाधिवेशनबाट भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

सोमबार, साउन १ २०८०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रीय समन्वय परिषद हंगेरीको प्रथम राष्ट्रिय महाधिवेशनबाट नारायणप्रसाद भण्डारीको अध्यक्ष्तामा नयाँ कार्यसमिति चयन भएको छ ।

नयाँ टीमलाई आरके शर्माको बधाई

गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद्,हंगेरीको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनु भएका नारायणप्रसाद भण्डारी,आइसीसी सदस्य प्रदीप घिमिरे,उपाध्यक्ष सुर्य दमै, महासचिव,सञ्जय कार्की, सचिव दीपिका गिरी, कोषाध्यक्ष,यम बहादुर दर्जी, सह कोषाध्यक्ष, शिवकुमार भण्डारी, महिला संयोजक अर्चिता क्षेत्री, युवा संयोजक,श्रीराम त्रिपाठी सदस्यहरू रिजन थापा, सरोज श्रेष्ठ, साजन तामाङ, हीरा दमैलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । भण्डारीजीको कार्यकालमा हंगेरीमा गैरआवासीय अभियान थप बलियो र एकताबद्ध भएर अगाडि बढ्ने छ भन्ने विश्वास लिएको छु । निर्विरोध कार्यसमितिको चयन गरेर हंगेरीका साथीहरूले अभियानलाई एकताबद्ध बनाउने सन्देश दिन सफल हुनुभएको छ । पुनः निर्वाचित सबै साथीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित समाचार