आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएनए बहराइनमा राजु कुमार श्रेष्ठको अध्यक्षतामा सबै कार्यसमिती निर्विरोध निर्वाचित

सोमबार, साउन १ २०८०

बहराइन,गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद(एनआरएनए) बहराइनको नवौं अधिवेशन २०२३-२५ कार्यकालको लागि शनिवार निर्वाचन कमिटीले जारी गरेको सुचना अनुरुप उम्मेदवार दर्ता कार्य संपन्न भएको छ । निर्वाचन कमिटीका संयोजक कमल श्रेष्ठ,कमिटीका सदस्यहरु छबिलाल बिक,दुत बहादुर गुरुङ, जित बहादुर घर्ती र बिजय प्रकाश गिरीको उपस्थितीमा सबै पदमा सौहार्दपुर्ण बाताबरणमा उम्मेदवारी दर्ता संपन्न भएको निर्वाचन कमिटीका संयोजक कमल श्रेष्ठले बताए । उम्मेदवारी दर्ताका क्रममा सबै पदमा एक-एक जनाको मात्रै उम्मेदवारी परेको छ । सबै पदमा एक-एक जनाको मात्रै उम्मेदवारी परेपछी एनआरएनए बहराइनको आगामी कार्यकालका लागी उम्मेदवारी दिएका सबै निर्बिरोध निर्वाचित भएका छन तर निर्वाचन समितीले भने घोषणा गर्न बाकी रहेको छ । एनआरएनए बहराइनको अधिवेसन यही जुलाई २१ मा रामीरोज होटल बहराईनमा हुंदैछ । उक्त अधिवेसनका लागी सम्पुर्ण तयारी पुरा भएको एनआरएनए बहराइनले जनाएको छ ।
एनआरएनए बहराइनको आगामी कार्यकालको लागी आइसिसि सदस्यमा बिरेन्द्र बुढाथोकि,अध्यक्षमा राजु कुमार श्रेष्ठ,बरिष्ठ उपाध्यक्षमा तिर्थ बहादुर भण्डारी,उपाध्यक्षमा भावना आचार्य पन्त,सन्त कुमार न्यौपाने, महिला उपाध्यक्षमा शुसिला खत्री,महासचिवमा संगिता खत्री, सचिवमा भुवन बिमली,सहसचिवमा कृष्ण प्रसाद गैरे, कोषाध्यक्षमा दिपक कुमार कर्ण,सह कोषाध्यक्षमा वासुदेव प्याकुरेल, महिला संयोजकमा पवित्रा श्रेष्ठ,युवा संयोजकमा अमृत देवकोटा, पर्यटन संयोजकमा अच्युत राज तिम्सीना र खेलकुद तथा सांस्कृतिक संयोजकमा शिव बिकले उम्मेदवारी दिएका छन ।
यसैगरी महिला सदस्यमा अमृता सामेखम र सदस्यहरुमा लक्ष्मी नारायण श्रेष्ठ,लक्ष्मण बिक,अनन्त अर्याल, विशाल खरेल, राम प्रसाद पुडासैनी,टेकमान बिक,गणेश बहादुर थापाले उम्मेदवारी दिएका छन । उम्मेदवारी दिनेहरु कुनै पनि पदमा नदोहोरिएकाले सबै निर्विरोध भएका छन ।
निर्वाचन समितीले आज निर्विरोध निर्वाचितहरुको नामावली प्रकाशन गर्ने संयोजक श्रेष्ठले बताए । उनले निर्वाचनको लागी सहयोग गर्ने एनआरएनए मध्यपुर्वका अग्रजहरु,एनआरएनए आइसिसि, समस्त बहराइनमा रहेका संघ सँस्था र नेपालीहरुप्रति हार्दिक आभार ब्यक्त गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार