आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

साउदी अरेबियामा रहेका नेपाली कामदारहरुले अनलाइनबाट गुनासो टिपाउने सक्ने

बुधबार, असार २७ २०८०

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा साउदी अरेबियामा रहेका नेपाली कामदारहरुले आफ्ना समस्या वा गुनासो अनलाइनमार्फत पठाउन सक्ने भएका छन् ।

रियादमा रहेको नेपाली दूतावासले श्रमसम्बन्धी समस्या वा गुनासोहरु अनलाइन प्रणालीमार्फत पठाउन सक्ने व्यवस्था मिलाएको हो । दूतावासले श्रमिकहरुलाई सहज पार्ने हेतुले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको बताएको छ ।

सेवालाई सरल, छिटोछरितो र प्रविधिमैत्री बनाउनका लागि सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै दूतावासले कुनै अप्ठ्यारो भएमा अनलाइनमार्फत जानकारी गराउन आग्रह गरेको छ । यो व्यवस्थाले पहिलेजस्तो दूतावासमै पुग्नुपर्ने वा फोन गर्नुपर्ने झन्झटबाट सेवाग्राही मुक्त हुने विश्वास लिइएको छ ।

त्यस्तै, दूतावासले श्रमिकहरुको गुनासो तथा समस्या समाधानका लागि आफ्नो क्षेत्राधिकारभित्र रहेर पहल गर्ने प्रतिबद्धता पनि जनाएको छ । साथै, समस्या समाधान भएपछि सोही अनलाइनमार्फत जानकारी गराइने दूतावासले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार