आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सुनिता साह समतामूलक समाज निर्माण महाअभियानमा प्रवेश

मंगलबार, असार २६ २०८०

काठमाडौं । राष्ट्रिय एकता अभियानकी निवर्तमान उपाध्यक्ष सुनिता साह समतामूलक समाज निर्माण महाअभियानमा प्रवेश गरेकी छन् ।
मंगलबार काठमाडौंमा अभियन्ता साह समतामूलक समाज निर्माण महाअभियानमा प्रवेश गरेकी हुन् । उनलाई महाअभियानका संयोजक विजय प्रकाश निषाद र महासचिव अभिषेक तिवारीले द्वारा संयुक्त रूपमा खदा ओढाएर स्वागत गर्नुका साथै उक्त महाअभियान को उपाध्यक्ष पदमा समेत नियुक्त गरिएको छ।

विनय यादवको नेतृत्वमा रहेको राष्ट्रिय एकता अभियानको केन्द्रीय समिति सोमबार मात्रै विघटन गरिएको थियो । अभियानको केन्द्रीय समिति विघटन भएसँगै आफू सो संस्थाबाट अलग भएको साहले जानकारी दिएकी छन् ।

दशकौंदेखि साह सामाजिक तथा राजनीतिक कार्य गर्दै आएकी छन् । उनले यो महाअभियानमार्फत् अब समाज र नागरिकका लागि झन् बढी सक्रिय भएर सामाजिक कार्यलाई अगाडि बढाउने प्रतिबद्धता जनाएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार