आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएनए स्विजरल्यान्डको अध्यक्षमा सिवाकोटी र महासचिवमा काउचा मगर निर्विरोध निर्वाचित

आइतबार, असार २४ २०८०

स्विजरल्यान्ड, गैरआवासीय नेपाली संघ एनआरएनए स्विजरल्यान्डको अध्यक्षमा कृष्ण प्रसाद सिवाकोटी निर्विरोध निर्वाचित भएका छन ।
शनिबार भएको अधिवेसनबाट एनआरएनए स्विजरल्यान्डको अध्यक्षमा कृष्ण प्रसाद सिवाकोटी,उपाध्यक्षमा जिबन भट्टराई,राकेशचन्द्र प्रजापति,महासचिवमा याम काउचा मगर,सचिवमा सुनिता तामाङ,कोषाध्यक्षमा बिनिता सुनार ,युवा संयोजकमा आशिष परियार ,प्रवक्तामा रेशम खत्री र सदस्यमा सारा पुन लगाएत पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन ।
अधिवेशनबाट निबर्तमान अध्यक्ष शुभ आल्मेर लामा आईसीसी सदस्य बनेकी छन ।
शनिवार एनआरएनए स्विजरल्यान्डको आठौ अधिवेसन कार्यबाहक राजदुत उत्तम कुमार शाहीको प्रमुख आतिथ्यता र एनआरएनए युरोप संयोजक चिन्तामणि सापकोटाको विशेष आतिथ्यतामा संपन्न भएको थियो । उक्त अधिवेसनको
केन्द्रिय पर्यवेक्षकमा आईसीसी सदस्य सिमा गौतम रहेकी थिईन भने
अधिबेसनको निर्वाचन समिति
संयोजकमा बिष्णु प्रसाद थापा,सह संयोजकमा गुणराज शर्मा र
सदस्यमा बिदुर संग्रौला रहेका थिए । निर्वाचन समितीले अत्यन्तै सौहार्दपुर्ण वातावरणमा अधिवेसन संपन्न गर्दै निर्वाचित पदाधिकारीलाई शनिवार नै
सपथ तथा पदभार हस्तान्तरण गराएको थियो ।
एनआरएनए स्विजरल्यान्डको आठौ अधिवेसनका प्रमुख अतिथी कार्यबाहक राजदुत उत्तम कुमार शाहीले नव निर्वाचित कार्यसमितीलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै सहकार्य गरेर अगाडी बढ्ने बताए ।
कार्यक्रमका विशेष अतिथी एनआरएनए युरोप संयोजक चिन्तामणि सापकोटाले निर्विरोध निर्वाचित कार्यसमितीलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरे ।
सापकोटाले आफुलाई निमन्त्रणा र न्यानो आतिथ्यताको लागि एनसिसि स्विजरल्यान्डका
निवर्तमान अध्यक्ष शुभ आल्मेर लामा , आईसिसि सदस्य सीमा गौतम, पूर्व आईसिसि सदस्य गुराँस पौडेल(गुणराज) लगाएत स्वीजरल्याण्डबासी नेपाली लाई धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार