टेक्सास,गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद एनआरएनए एनसीसी अमेरिकाको आगामी कार्यकालको लागी अध्यक्ष पदका उम्मेदवार डिलु पराजुली तथा उनका समुहका उम्मेदवारहरुले निकट भविष्यमा हुन गईरहेको चुनावमा अहीले सम्म गरेको काम र संस्था प्रतिको इमान्दारीताको कारणले विजय प्राप्त गर्ने विश्वास ब्यक्त गरे । अध्यक्षका उम्मेदवार पराजुलीले कथंकदाचित आफू पराजित भए पनि समानान्तर संस्था नबनाउने , संस्थामा ऑच पुग्ने कुनै पनि काम नगर्ने प्रतिबद्धता समेत जनाएका छन ।
टेक्सासको अष्टीनमा भएको उक्त भेटघाट कार्यक्रममा अध्यक्षका प्रत्यासी पराजुलीले विगतमा आफु उपाध्यक्ष हुदा आफुले पाएको जिम्मेवारी पुरा गरेको , भाषणमा हैन काममा बिश्वास गर्ने हुनाले आफ्नो समुहलाई बिजय गराउन सबैलाई आग्रह गरे ।
हामी चुनावमा फेस रीडीगं होस भन्ने चाहन्छौ मात्र भनेनन त्यस भन्दा माथि उठेर फिजिकल उपस्थिति भएर चुनाव गराउन चाहेको भन्दै आफु र आफ्नो टीम निष्पक्ष निर्वाचनको पक्षमा रहेको बताए ।
नेपाली चलचित्रका निर्देशक एवं निर्देशक संघका पुर्व अध्यक्ष नारायण पुरीले कलात्मक सैलिमा संचालन गर्नु भएको उक्त कार्यक्रममा एनआरएनए आईसीसी सदस्यहरु बिनोद तिवारी र नारायण कडेलले यो समुहमा रहेका उम्मेदवारका प्रत्यासीहरु अनुभवी र बौद्दिक रहेकोले अबको एनआरएनए एनसीसी अमेरिकाले अझ बढी गति लिने बिश्वास व्यक्त गरे । यस्तै उक्त कार्यक्रममा ग्रेटर अष्टीनका संयोजक भोजराज भट्टले पनि संबोधन गरेका थिए ।
अध्यक्षका उम्मेदवार डिलु पराजुलीले कार्यक्रममा उपस्थित आफ्नो समुहका उम्मेदवारहरु बरिष्ठ उपाध्यक्ष अंजन चौलागाई, उपाध्यक्षहरु सन्तोष पाहाडी, राजीव श्रेष्ठ, भानु खरेल, राज ढुंगाना,महीला उपाध्यक्ष सुन्दरी गुरुङ , युवा उपाध्यक्ष अनुप खनाल, महासचिवका उम्मेदवार रामहरी अधिकारी, कोषाध्यक्षका उम्मेदवार सरोज सिग्देल, सह कोषाध्यक्ष रवि सिंह बस्नेत, महीला संयोजक मुना तिवारी, युवा संयोजक विश्व किरण थापा बोर्ड सदस्यहरु बिष्णु बराल, डा. गंगाधर आचार्य, भोजराज न्यौपाने ,लक्ष्मण दर्लामी, इन्द्र राज पाण्डे , दिवाकर भट्ट र दुर्गा तिवारी रहेको सार्वजनिक गरे । त्यस्तै आईसीसी सदस्यका उम्मेदवारमा टंकराज रेग्मी , साम्बा लामीछानेलगाएतको परिचय राख्नुभएको थियो ।
कार्यक्रममा निवर्तमान कोषाध्यक्ष नेत्र बन्धु पोखरेल , समाजसेवी कौशल यादव , टेक्सास राज्यका अध्यक्षका उम्मेदवार प्रदीप चौलागाई र राम कृष्ण यादव सचिवका उम्मेदवार शुमा कार्की र कोषाध्यक्ष बिनोद कुमार शाहको पनि उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा उपस्थित महानुभावहरुलाई दिपक हुमागाईले स्वागत गरेका थिए भने उपस्थित सबैलाई अध्यक्षका उम्मेदवार पराजुलीले आफ्नो समुहको प्रतिबद्दतापत्र सार्वजनिक गरेका थिए । उनले आफ्नो समुहलाई जिताउन सबै अमेरिकावासी नेपालीलाई आग्रह गर्दै आफुहरु शुद्द मनले समाजसेवा गर्नकै लागी उम्मेदवारी सार्वजनिक गरेको बताए ।