आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएनए मलेसियाको सदस्यता आवेदनबाट ४५४६ जनाले पाए सदस्यता, पेन्डिङ र ड्राफ्टमा रहेकाको हकमा थप डकुमेन्ट माग (सूचनासहित)

शनिबार, असार २३ २०८०

काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद मलेसियाको आगामी २०२३–२०२५ कार्यकालको निम्ति अनलाईन मार्फत खुल्ला गरिएको नयाँ पञ्जिकृत सदस्यताको आबेदनको समय सकिएको छ । गैर आवासीय नेपाली संघ रास्टि«य समवन्य परिषद मलेशियाको आगामी कार्यकालको लागी पंजीकृत सदस्य बन्नको लागी आबेदन दर्ता प्रक्रिया २८–०६–२०२३ तारिख नै सकिएको हो । आबेदन आ मध्ये जम्मा ४५४६ जना सदस्य बनिसकेको र डिजिटल कार्ड समेत प्राप्त गरि सकेका संघले जनाएको छ ।

आदरणीय मलेशियामा रहनुहुने सम्पुर्ण मान्यजनहरूमा नमस्कार
गैर आवासीय नेपाली संघ रास्टिय समवन्य परिषद मलेशियाको आगामी कार्यकाल २०२३-२०२५ को लागी पंजीकृत सदस्य बन्नको लागी आबेदन दर्ता प्रक्रिया २८-०६-२०२३ तारिक नै सकिएको छ आबेदन दिनुहुने सम्पुर्णलाई संस्थाको तर्फ देखी हिर्दय देखी धन्यबाद दिन चाहन्छौ । आबेदन आए मध्ये जम्मा ४५४६ जना सदस्य बनी सक्नु भएको छ उहाँहरूले डिजिटल कार्ड समेत प्राप्त गरि सक्नु भएको छ । अब पेन्डिङमा रहनुहुने ९९ जना , रिजेकमा रहनुहुने ५४ जना र ड्राफमा रहनुहुने २३७५ जनाले अबस्य पनी कागजाज अपुग भएको मेल वाँ मेसेज पाउनु भएको होला । यदि कहि कतै यहाँहरूले मेल चेक वाँ स्मार्ट एनआरएनए मै जहाँ सदस्यता बारे कागजाज पेश गर्नु भयो त्यहा चेक गर्नु भएको छैन भने कृपया चेक गरेर १०-०७-२०२३ तारिक सम्म पेश गर्नु होला । सिस्टम र केन्द्रले मानेको खण्डमा हामीले सदस्यता बनाउने छौ । यदि समस्या परेको खण्डमा प्रत्यक्ष
१- अध्यक्ष – बिनोद थापा 0169712385 ‘ 0172626870
२- महासचिव – रन्जीत क्षेत्री 0183680037
३- कोषाध्यक्ष – कृष्ण नेपाल 0143677067
वाँ कमिटी भित्रका जो कहिलाई पनी
कल गरेर सोधपुछ गर्नुहुन हार्दिक अनुरोध गर्द्छौ ।
धन्यबाद

प्रतिक्रिया
सम्बन्धित समाचार