काठमाडौं । गैरआवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद (नेपाल एसोसिएसन) युएईको आगामी २०२३–२०२५ कार्यकालको निम्ति अनलाईन मार्फत खुल्ला गरिएको नयाँ पञ्जिकृत सदस्यताको आबेदन मिति २७–६–२०२३ मंगलवारको दिनदेखी बन्द गरिएको छ ।
महासचिव दिपक खडकाले एक विज्ञप्ति जारी गर्दै उक्त समय अबधी भित्र अनलाईन मार्फत पञ्जिकृत सदस्यताको आबेदन दिएका तर सदस्यताको लागि आबस्यक फेस भेरीफिकेसन नमिलेर पेन्डिङमा रहेको आबेदकको हकमा आगामी मिति १०–७–२०२३ सम्मको समय निर्धारण गरिएको जानकारी गराएका छन् । पेन्डिङमा रहेको र भेरीफिकेसन हुन बाँकी सदस्यहरुले पून सेल्फीसहित आबस्यक कागजपत्र हरु अपलोड गर्न खड्काले अनुरोध गरेका छन् ।
सुचना ! सुचना !! सुचना !!!
गैरआवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद (नेपाल एसोसिएसन) युएईको आगामी २०२३- २०२५ कार्यकालको निम्ति अनलाईन मार्फत खुल्ला गरियको नयाँ पञ्जिकृत सदस्यताको आबेदन मिति २७-६-२०२३ मंगलवारको दिन देखी बन्द गरियको जानकारी गराउदछु। उक्त समय अबधी भित्र अनलाईन मार्फत पञ्जिकृत सदस्यताको आबेदन दिनु भएको तर सदस्यताको लागि आबस्यक फेस भेरीफिकेसन नमिलेर पेन्डिङमा रहेको आबेदकको हकमा आगामी मिति १०-७-२०२३ सम्मको समय निर्धारण गरियको जानकारी गराउदछु ।पेन्डिङमा रहेको र भेरीफिकेसन हुन बाँकी सदस्यहरुले पून सेल्फी सहित आबस्यक कागज पत्र हरु अपलोड दिनु हुनु हार्दिक अनुरोध गर्दछु ।
अपलोड गर्ने अन्तिम मिति १०-७-२०२३ सम्मको समय निर्धारण गरियको र उक्त दिन सम्म पनि पेन्डिङमा रहेको सदस्यहरुले आबस्यक कागज पत्र सहित सेल्फी अपलोड नगरियको खन्डमा भेरीफिकेसन टिमले पेन्डिङमा रहेको कुनै पनि सदस्यहरु अप्रुअल नगर्ने जानकारी गराउदछु। आगामी मिती ११-७-२०२३ को दिन देखी गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युएईको अनलाईन मार्फत खुल्ला गरियको पञ्जिकृत सदस्यहरुको आबेदन पूर्ण रुपमा बन्द हुने जानकारी जानकारी गराउदछु ।
जम्मा आबेदक संख्या = ६१९९
अप्रुअल संख्या = ४३०२
नयाँ आबेदन संख्या = ८४३ – भेरीफिकेसन हुन बाँकी रहेको )
पेन्डिङ संख्या = १०५२
रिजेक्ट संख्या = २
ड्राफ्ट संख्या = २१५३
धन्यवाद
महासचिव
दिपक खड्का
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (नेपाल एसोसिएसन, युएई)