काठमाडौं । छैठौं ‘हिरोईज इन्टरनेश्नल तेक्वान्दो च्याम्पिएनसिप’मा नेपालबाट टाईमलाइन विधालयलाई प्रतिनिधित्व गर्दै सहभागी भएका तीन विधार्थीले दुई ब्रोन्ज र एक सिल्भर गरि तीन अन्तर्राष्ट्रिय पदक हासिल गरेका छन्।
थाइल्याण्डको राजधानी बैंककमा भएको प्रतियोगिता “छैठौं हिरोईज इन्टरनेश्नल तेक्वान्दो च्याम्पीएनसिप” जुलाई १ र २ मा एजम्पसन युनिभरसिटिमा सम्पन्न भएको थियो भने खेलमा १५०० देखी २००० सम्म खेलाडिको सहभागिता रहेको थियो।
पदक जित्ने नेपाली खेलाडीमा शीव प्रसाद शिवाकोटि (रजत) राएन ठकुरी (कास्य) र जोनिस घ्लान (कास्य) छन् जस्लाई कोच रोजी गिरीले नेतृत्व गर्नुभएको थियो ।


