मलेसिया। नेपाल काठमाडौ घर भएकी प्रकृती सिंह कुँवर मलेसियाको आइ क्यान कलेज टपर भएकी छन् । बुधबार साउथ सिटी कन्भेन्सन हलमा सम्पन्न ग्राजुएशन सेरेमोनीबाट उनी दिक्षित भएकी हुन् ।
काठमाडौंको ब्रेनल्यान्ड एकेडेमीबाट एसएलसी गरेकी उनी २०१८ देखि मलेसियामा अध्ययनरत छन् । सिंगापुरको अस्पतालमा काम गर्ने सपना राखेकि कुँवरले मलेसियाबाट सजिलो हुनेभए पछि अध्ययन गर्ने योजना बनाई आज त्यो सपना पूरा भएको उनले बताईन्।
सिंगापुरको अस्पतालबाट जागिरको अफर समेत आइसकेकोले उनि छिट्टै सिंगापुर जाँदैछिन्। कलेजका सिइओ दातो चे कोङ् वाइले विशेष गरी आइ क्यान कलेजको शिक्षा गुणस्तरीय र रोजगारको ग्यारेन्टी हुने बताए । यस कलेजले एउटा देशबाट बढीमा ५ जना बिद्यार्थीलाई मात्रै लिने गरेको छ। हामी उनीहरूलाई छात्रवृत्ति लगायतको विभिन्न सेवा सुविधा दिन्छौं तर असल र मेहनती बिद्यार्थी मात्रै छनौट गर्छौं उनले भने ।

नेपाली दुतावास संग समन्वय गरि नेपालको जेहेन्दार बिद्यार्थीहरुलाई विशेष सुविधा दिने लगायतको बिषयमा केही दिन मै निर्णय गर्ने प्रबन्ध निर्देशक गणेश कुमारले बताए ।
नेपाल राजदूतावास मलेसियाका कार्यवाहक राजदुत मोती बहादुर श्रीस मगर र द्धितिय सचिव प्रेम बहादुर बढ्थापाले कुँवरलाई सम्मान तथा बधाई ज्ञापन गरेका थिए । उनी नर्सिङ एण्ड इन्टरनेसनल बिजनेस स्टडी विषयबाट कलेज टपर भएकि हुन् ।