आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएनए यूएई(नेपाल एशोसियसन)को अध्यक्षमा विकास शाहीको उम्मेदवारी घोषणा,निर्विरोधको सम्भावना

बुधबार, असार २० २०८०

काठमाडौँ ,गैरआवासीय नेपाली संघ (नेपाल एशोसियसन) यूएईको अध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष विकास शाहीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।
यूएईको दुबईमा नेपालबाट आएका पत्रकारहरुका बिचमा शाहिले यही जुलाई ३० मा हुने अधिवेशनका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।
एनआरएनए यूएईको कार्यसमितिमा रहँदा वा नरहँदा नेपाली समाजको हितका लागि गरेको कामको मूल्यांकन गर्दै आफूलाई सर्वसम्मत अध्यक्ष बनाइनुपर्ने शाहीले बताए । त्यसका लागि सकारात्मक माहोल बनिरहेको उनको दाबी छ ।
शाहीले भने, ‘म २०१९–०२१ मा कोषाध्यक्ष हुँदै २०२१–०२३ को उपाध्यक्षमा छु । मैले हरेक एनआरएनए मुभमेन्टमा सक्रियतापूर्वक काम गरिरहेको छु । विश्वास छ, सबैले यो पटक पनि साथ दिनुहुनेछ ।’

उनले संघको पारदर्शिता आफ्नो पहिलो एजेण्डा रहेको बताए । श्रमिकसम्म एनआरएनएको पहुँच बढाउने, दूतावासससहितका सरकारी निकायसँग आवश्यक समन्वय गर्ने, यहाँका स्थानीय संघसंस्थासँग सहकार्य गरेर अघि बढ्ने लगायत योजना पनि उनको रहेको बताए ।
यसबाहेक कोरोना महामारीका क्रममा नेपाली श्रमिकको उद्दार, राहत र व्यवस्थापनमा आफूले खेलेको भूमिकाको पनि मूल्यांकन गर्न उनले युएईवासी नेपालीलाई अनुरोध गरे ।

यूएईको नेपाली समूदायमा मिलनसार र सबैलाई मिलाएर जानसक्ने व्यक्ति भनेर परिचित शाहीले आफू नेतृत्वमा पुगेपछि सोही मर्मका साथ अघि बढ्ने बताए । उनको यूएईमा क्रियाशील नेपाली समूदायका सबै संघसंस्थासँग राम्रो सम्बन्ध रहेको छ र प्राय सबै संघ सँस्थाले शाहीलाई समर्थन गरेका छन ।
उनले भने, ‘मेरो सम्बन्ध सबै संघसंस्थासँग राम्रो छ । यही कारणले म निर्विरोध हुने सम्भावना पनि देखेको छु । अहिलेको अवस्थामा सबै ९० प्रतिशत भन्दा बढी एनआरएनएसँग सरोकार राख्ने व्यक्ति तथा संघ संस्थाहरुले साथ सहयोग गर्नुभएको छ । आशा छ, म निर्विरोध हुनेछु ।’
कास्कीका शाही १८ वर्षअघि यूएईमा आएका थिए । श्रमिकका रुपमा यूएई आएका उनी आफ्नो पौरखले पछि व्यवसायीका रुपमा दरिएका हुन । यूएईमा उनका रेस्टुरेन्टलगायतका व्यवसाय रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार