काठमाडौं(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनरए) राष्ट्रिय समन्वय परिषद आयरल्याण्डको नयाँ कार्यसमिति निर्वाचित भएको छ । प्रकाश सापकोटाको अध्यक्षतामामा निर्वाचित नयाँ कार्यसमितिमा आइसीसी सदस्य बिक्रम खाँड, उपाध्यक्ष चेतराज ओली र शिवबहादुर थापा,महिला उपाध्यक्ष सीतादेवी थापा (सरु), महासचिव चन्द्रकाजी घले, सचिव, गोपाल मान श्रेष्ठ, सह–सचिव तेज ज्ञवाली रहेका छन् ।
यसैगरी कार्यसमितिमा कोषाध्यक्ष प्रविण बराल, सह–कोषाध्यक्ष सम्राट प्रसाई, युवा संयोजक बिकल पौडेल, महिला संयोजक प्रजय न्यौपाने, सदस्यहरू सविता न्यौपाने,मिथु राना,प्रमिशा राना,हरिप्रसाद गौतम,इन्द्रप्रसाद पोखरेल निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष प्रकाश सापकोटाको कार्यकालमा गैरआवासीय अभियान आयरल्याण्डमा बलियो,एकताबद्ध भएर थप उचाइमा पुग्ने विश्वास व्यक्त गरिएको छ ।