आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएनए बेल्जियमको नवनिर्वाचित कार्यसमितिको प्रथम बैठक, समस्यामा परेका नेपालीलाई सहयोगका लागि आपतकालीन अक्षय कोष स्थापना गर्ने निर्णय

बुधबार, साउन १० २०८०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको नवनिर्वाचित कार्यसमितिको प्रथम बैठक सम्पन्न भएको छ । सो बैठकले समस्यामा परेका नेपालीलाई सहयोगका लागि आपतकालीन अक्षय कोष स्थापना गर्नेलगायत ३ वटा निर्णय गरेको महासचिव रुबिना शर्माले जानकारी दिइन ।

नवनिर्वाचित कार्यसमितीको बैठक सोमबार (२४ जुलाई २०२३ का) दिन बसेको हो । नवनिर्वाचित अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा बसेको प्रथम बैठकले ३ वटा महत्वपूर्ण निर्णयहरु गरेको हो ।

जसमा नेपाली समुदाय बेल्जियमलाई एकढिक्का बनाई, भाईचारा र बन्धुत्वको विकास गराई समाजलाई एकताबद्द बनाएर लैजना पहल गर्ने एक संकल्प प्रस्ताव पारित गरिएको छ ।

यस्तै बैठकले बेल्जियमस्थित नेपालीहरुलाई वा देशमा आईपर्ने कुनै पनि आपतकालिन समस्याको लागि सहयोग गर्न एक आपतकालिन अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ ।

बैठकले गैरआवासीय नेपाली संघ बेल्जियमको खड्क बहादुर केसीको अध्यक्षतामा रहेको निवर्तमान कार्यसमितिलाई बरबुझारथ तथा ९ औं महाधिवेशन सफलतापूर्ण सम्पन्न गराएकोमा धन्यवाद ज्ञापन गरेको छ ।

पहिलो बैठकका निर्णयहरु

गैरआवासीय नेपाली संघ बेल्जियमले नवनिर्वाचित कार्यसमितीको बैठक हिजो मिति २४ जुलाई २०२३ का दिन बस्यो । नवनिर्वाचित अध्यक्ष श्रीमती सीता सापकोटाको अध्यक्षतामा बसेको प्रथम बैठकले ३ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

१. नेपाली समुदाय बेल्जियमलाई एकढिक्का बनाई, भाईचारा र बन्धुत्वको विकास गराई समाजलाई एकताबद्द बनाएर लैजना पहल गर्ने एक संकल्प प्रस्ताव पारित गरिएको छ ।

२) बैठकले बेल्जियमस्थित नेपालीहरुलाई वा देशमा आईपर्ने कुनै पनि आपतकालिन समस्याको लागि सहयोग गर्न एक आपतकालिन अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ ।

३) बैठकले गैरआवासीय नेपाली संघ बेल्जियमको खड्क बहादुर केसीको अध्यक्षतामा रहेको निवर्तमान कार्यसमितिलाई बरबुझारथ तथा ९ औं महाधिवेशन सफलतापूर्ण सम्पन्न गराउनुभएकोमा धन्यवाद ज्ञापन गरेको छ ।

भवदिय

रुविना शर्मा

महासचिव, गैर आवासीय नेपाली संघ, बेल्जियम

२४ जुलाई २०२३

प्रतिक्रिया
सम्बन्धित समाचार