शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

कंडेलको नेतृत्वमा एनआरएनए नेदरल्याण्ड्सको नेतृत्व सर्वसम्मत, नयाँ कार्यमितिद्धारा सपथग्रहण (फोटोफिचर)

मंगलबार, साउन ९ २०८०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको दशौं राष्ट्रिय महाधिवेशन २३ जुलाईमा सम्पन्न भएको छ । उक्त महाधिवेशनबाट २ वर्षे कार्यकालको लागि सर्वसम्मत नेतृत्व चयन भएको छ । अधिवेशनले थानेश्वर कंडेलको अध्यक्षतामा २०२३–२०२५ को कार्यसमिति सर्बसम्मत निर्बाचित भएको भएको हो ।

नवनिर्वाचित कार्यमितिमा आईसिसी सदस्य मिम पुर्जा , अध्यक्ष थानेश्वर कंडेल , वरिष्ठ उपाध्यक्ष भिम बहादुर रोका, उपाध्यक्षहरु सीता सापकोटा, संघर्षशिल केसी, सिता कुमारी थापा क्षेत्री, पेमा लामा, अर्चना पाण्डे, रामचन्द्र पोख्रेल चयन भएका छन् । यसैगरी महिला उपाध्यक्षमा अम्बिका गिरि, यूवा उपाध्यक्षमा दिनेश अर्याल , महासचिवमा सावित्री पौडेल, सचिवमा सन्दिप विश्वकर्मा, कोषाध्यक्षमा कमल प्रसाद विश्वकर्मा, सहकोषाध्यक्षमा सुमन राज काफ्ले, महिला संयोजकमा सरोज ढकाल (गिरि), यूवा संयोजकमा अनिल कार्की चयन भएका छन् ।

यस्तै निर्वाचित सदस्यहरुमा धन बहादुर बोहरा, डम्बर कुमार कोइराला, राम बहादुर पौडेल, नर बहादुर कार्की .(गणेश), कैलाश गिरी, प्रेम बहादुर पुन, गगन जंग बहादुर सिंह, सुबास सिंह बस्न्यात, भिम भक्त राई रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार